अमेरिकाको खराब दिन, तेस्रो स्थानमा खुम्चिन थाल्यो अमेरिका

Olympic 2021

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा त्रिपक्षीय प्रतिस्पर्धा पार गर्दै चीनले अग्रता लिएको छ ।

तर, अमेरिकाको खराब दिन एथलेटिक्समा पनि देखिएको छ । पहिलो पटक ओलम्पिकमा समावेश मिक्स रिलेमा अमेरिका बलियो दाबेदार भए पनि बटन एक्सचेन्जमा गलत भएकाले अमेरिका डिस्क्वालिफाइड भयो ।

चीनले शुक्रबार चार स्वर्ण पदक हात पारेको छ । आफ्नै दुई जोडी फाइनल प्रवेश गरेको टेबल टेनिस र ब्याडमिन्टनमा तथा पौडी र महिला ट्रायपलिन जिम्न्यास्टिकमा स्वर्ण पदक जितेको हो ।

शुक्रबारको जितसँगै चीन १९ स्वर्णसहित शीर्ष स्थानमा छ । जापान १७ स्वर्णसहित दोस्रो स्थानमा रहेको छ । अमेरिका १४ स्वर्णसहित तेस्रो स्थानमा छन् । अब पहिलो हुने सम्भावना कम भएको छ ।

प्रतिकृया दिनुहोस