युरोकप फुटबलमा स्वीट्जरल्यान्डले शानदार जित

Swetgerland vs turky

काठमाडौं । स्वीट्जरल्यान्डले १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित निकालेको छ । आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३–१ गोल अन्तरले परजित गर्दै स्वीट्जरल्यान्डले शानदार जति निकालेको हो ।

बाकुमा स्वीट्जरल्यान्डलाई पहिलो जित दिलाउन जद्रान शाकिरीले दुई गोल गर्दा हरिस सेफेरोभीले एक गोल गरे । टर्कीका इरफान केभाचीले एक गोल फर्काए ।

समूह ‘ए’ मा रहेको स्विट्जरल्यान्डले ३ खेलमा ४ अंक जोड्यो । वेल्ससँग गोल अन्तरमा पछि पर्दा स्वीट्जरल्यान्ड दोस्रो स्थानमा रहन असफल भएको हो । समूह चरणको पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्विट्जरल्यान्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो ।

टर्की भने अंक विहीन बन्दै समूह चरणबाट बाहिरिएको छ । समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेन । पहिलो खेलमा खेलमा इटालीसँग पराजित टर्की दोसो खेलमा वेल्ससँग पराजित भएको थियो ।

समूह चरणको अन्तिम खेलमा जित निकाले पनि स्वीट्जरल्यान्ड सिधै नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ । तर, स्विट्जरल्यान्डको समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिम बन्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना कायमै छ । यसका लागि सबै समूह चरणको खेल सकिनु पर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...