आईपीएलमा दिल्लीलाई हराउँदै राजस्थानको पहिलो जित

Ipl

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा गत वर्षको उपविजेता दिल्ली क्यापिटललाई ३ विकेटले हराउँदै राजस्थान रोयल्सले पहिलो जित निकालेको हो ।

दिल्लीले दिएको १४७ रनको मध्यम लक्ष्य पछ्याएको राजस्थानले अन्तिम २ बल अगाडि ७ विकेट गुमाएर पुरा गर्‍यो । उसका लागि डेभिड मिलरले सर्वाधिक ६२ रन बनाए । यस्तै क्रिस मोरिसले बस्फोटक ब्याटिङ गर्दै १८ बलमा ३६ रन बनाएर राजस्थानलाई जित दिलाए ।

राजस्थानका लागि राहुल तेवाटियाले १९ र जयदेव उनादकटले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । दिल्लीका लागि आभेस खानले ३ विकेट लिए । यस्तै क्रिस वाक्स र कागिशो रबाडाले समान २–२ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त रहेन ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रनमा सिमित भएको थियो ।
उसका लागि कप्तान ऋषभ पन्तले अर्धशतकीय पारी खेले ।

त्यस्तै, टम करनले २१, ललित यादवले २० र क्रिस वक्सले अविजित १२ रन बनाए । बलिङमा राजस्थानका जयदेव उनादकटले तीन, मुस्तफिजुर रहमानले दुई र क्रिस मोरिसले एक विकेट लिए ।

यसअघि आफ्नो पहिलो खेलमा चेन्नई सुपर किंग्स (सीएसके) लाई हराउँदै दिल्लीले उत्कृष्ट सुरुवात गरेको थियो भने राजस्थान पञ्जावसँग ४ रनले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस