एसईईका विद्यार्थीलाई स्थानान्तरण गर्न दिइने

See 5

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीलाई स्थानान्तरण गर्न दिइने भएको छ । शिक्षा नियमावलीमा आवश्यक संशोधन गरी स्थानान्तरणको सुविधा दिने भएको हो ।

सरकारको यो निर्णयसँगै अब विद्यालय परिवर्तन गरी अध्ययन गरेका कक्षा १० का विद्यार्थीले सोही विद्यालयबाट परीक्षा दिन पाउने छन् । विगतमा विद्यार्थी स्थानान्तरण गरी परीक्षा दिने र त्यसकै माध्यमबाट परीक्षा उत्तीर्ण गराउने गतिविधि बढेपछि सरकारले कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई स्थानान्तरणमा रोक लगाएको थियो ।

कोरोना भाइरसबाट प्रभावित भई विद्यार्थी अध्ययनका क्रममा अन्य जिल्लामा पुगेको हुन सक्ने भन्दै सरकारले एक पटकका लागि स्थानान्तरणको सुविधा उपलब्ध गराउन लागेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

नियमावली संशोधन गरी राजपत्रमा छपाइका लागिसमेत पठाइसकिएको जनाइएको छ । सरकारको यो निर्णयसँगै एसईईमा विद्यार्थीले परीक्षा छाड्ने दर कम हुने अनुमान गरिएको छ । विद्यार्थीलाई परीक्षामा सहभागी हुन सहज होस् भनेर नै यस खालको प्रबन्ध गरिएको हो ।

नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको वर्ष पनि सरकारले एसईईका विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिएको थियो । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका विद्यार्थीलाई मन्त्रिपरिषद्ले विशेष निर्णय गरी यस खालको सुविधा विद्यार्थीलाई दिइएको थियो तर यस पटक भने शिक्षा नियमावलीमा नै संशोधन गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँण थुनामै रहने

Top bahadur rayamaghi and indra jit rai

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष...