शिक्षक श्रेष्ठलाई शहीद घोषणा गर्न माग

Teacher1607409913 768x433

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले मोरङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्न समूहलाई कडा कानूनी कारवाही र दिवंगत श्रेष्ठलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घका अध्यक्ष बाबुराम थापाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी सरकारलाई बुझाएको पत्रमा श्रेष्ठको परिवारको पालनपोषणको जिम्मा लिन पनि आग्रह गरिएको छ । अध्यक्ष थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बराललाई भेटी दिएको उक्त पत्रमा हिंसात्मक गतिविधि बन्द गरी त्यस्ता समूहले सरकारसँग आफ्ना कार्यसूचिबारे वार्ता गर्नुपर्ने पनि जनाइएको छ ।

यही मङ्सिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई नेत्रविक्रम चन्द नेतृत्वको समूहले सुराकीको आरोपमा निर्ममतापूर्वक घाँटी रेटी हत्या गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...