मोरङमा शिक्षकको हत्या

Gun 1

मोरङ । मोरङमा एक जना शिक्षकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक लोक दर्शन थापाका अनुसार मिक्लाजुङ गाउँपालिकाका वडा नम्बर १ का शिक्षकको  हत्या भएको हो ।

थापाले प्रहरी घटनास्थलतर्फ जाँदै गरेको बताएका छन् । प्रारम्भिक जानकारी अनुसार ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको र उक्त हत्यामा विप्लवको संलग्नता आशंका प्रहरीले गरेको छ ।

हत्या गरिएका श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको बताइएको छ । प्रहरीका अनुसार मंगलबार बिहान साढे ५ बजेतिर उनी अपहरणमा परेको खबर प्रहरीमा पुगेको थियो । अपहरणको खबरसँगै परिचालित टोलीले शिक्षकको शव जंगलमा भेटेको थापाले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...