शिक्षकको हत्या गर्नेलाई सरकारले माफी दिनेछैनः प्रधानमन्त्री ओली

Kp sharma oli

किर्तिपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङ मिक्लाजुङका शिक्षकको क्रुरतापूर्वक गरिएको हत्याबारे बोल्दै हत्या हिंसाविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । उनले हत्याका दोषीलाई कुनै हालतमा छुट नदिइने भन्दै कडा भन्दा कडा कारबाहीको चेतावनी दिएका हुन् ।

हत्या, हिंसा मच्चाउनेलाई सरकारले कदापि माफी दिनेछैन, कानुनबमोजिम कारबहीको दायरामा ल्याउँछ,’ किर्तिपुरका सुन्दरीघाट चोभार स्थित ‘शान्ति सुद्धम्मावासा’ जेष्ठ नागरिक आवास गृहको शिलान्यास पछि प्रधानमन्त्री ओलीले भने, ‘यस्तै खालको बिकराल कालखण्ड पार गरेर मुलुक यो स्थितिमा आएको छ, अब फेरी त्यतैतिर फर्काउने गतिवधिहरु पूरा हुन दिइनेछैन ।’ ओलीले शिक्षक राजेन्द्र श्रेष्ठको डकैतीको शैलीमा हत्या गरिएको भन्दै त्यस्तो प्रवृत्तिलाई सबै मिलेर परास्त गर्नुपर्ने बताए । ‘त्यस्ता समुह सम्पती दिएन भने हत्या गर्ने प्रवृतिमा लागेका छन,’ प्रधानमन्त्री ओलीले भने ।

देशमा फेरि राजनीतिक समस्या खडा गर्न खोजिएको ओलीको भनाई थियो । उनले राजनीतिक स्वार्थबाट देशमा कहिल्यै हित नहुने बताउदै त्यस्ता स्वार्थ पुरा हुन नदिइने दृढता व्यक्त गरे । देशको पछिल्लो राजनीति अवस्थाप्रति कटाक्ष गर्दै उनले भने,‘अहिले पंखा चलाएर आँधी ल्याउन खोजिरहेका छन्, त्यस्तो प्रवृतिलाई सफल हुन दिन्नौ । पार्टीमा देखिएको अन्तरविरोधप्रति लक्षित गर्दै उनले भने, पंखा चलाउँदैमा आँधी आउँदैन, साँच्चिकै आधि ल्याउनुपर्छ ।

उनले नेपाल बुद्धभुमी मात्र नभै बुद्धदर्शनको मुहान भएको बताए । प्रधानमन्त्री ओलीले भने,–शान्ति, मेलमिलाप र एकताको प्रतिक बुद्धको वाणीबाट नेपाल विश्वमै शान्तिभुमी भएको छ । धर्म , आस्था र भगवानको नाममा घृणा गर्ने कामलाई बन्द गर्नुपर्ने तर्क राख्दै ओलीले हरेक धर्म शान्ति र मेलमिलापिको निम्ति हुनुपर्ने बताए । बुद्ध नेपालमा जन्मेको विषयलाई कुनैपनि मुलुकले अतिरञ्जित गरी प्रचार गर्न नहुने बताउदै प्रधानमन्त्री ओलीले भने,‘अमेरीकाले आफ्ना सबै पाठ्यपुस्तकमा बुद्ध नेपालमा जन्मेको उल्लेख गरिसकेको छ , अन्य मुलुकले बुद्ध अन्य देशमा जन्मेको हो , भन्ने विषय तत्काल सच्याउनुपर्छ ।

यसअघि अमेरिकाले बुद्ध भारतमा जन्मेको भन्ने विषय पाठ्यपुस्तकमा समावेश गरेको थियो । प्रम ओलीले लुम्बिनीको गुरुयोजना अनुसार दु्रई वर्ष भित्र काम सक्नेगरी तयारी भएको जानकारी गराउदै केही महिनाभित्रै लुम्बिनीमा ५ हजार क्षमताको अ्रन्तराष्ट्रिय ध्यानकेन्द्रको निर्माण सम्पन्न भइसक्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले भुमीपुजा गरेका थिए । कार्यक्रममा बोल्दै किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले ७ वर्षको अथक प्रयासपछि सो भवन निर्माणमा सार्थकता पाएको बताए । उनले नगरपालिकाले भवन निर्माणमा सहयोग गर्ने बताए । कार्यक्रममा विहारकी प्रमु्ख एवं परियोजना प्रमुख डा अनुजा गुरुमाले करिब ३० करोड लागतमा निर्माण गर्ने उद्देश्य रहेको भवनमा सबैको सहयोगको आग्रह गरेकी थिइन् । विहारले स्वाथ्य, शिक्षा र बौद्ध शिक्षा, छात्रवृति विवरण लगायतयका काम गरिरहेको जानकारी गराइन् ।

भवनको विषयमा जानकारी गराउदै शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले विहारका गुरुमा डा।अनोजा गुरुमा को लामो समयको प्रयासपछि निर्माण शुरु भएको बताउदै यस्लाई पुर्ण गर्न सरकारको सक्दो सहयोग हुने बचनबद्धता व्यक्त गरे । कार्यक्रममा संघनायक बोधिसेन महास्थवीरले सरकारको सहयोगको सराहना गरेका थिए कोषाध्यक्ष गुणिन्द्र बज्राचार्यले सबैको सहयोग भएमात्र निर्माण सम्पन्न गर्न सफल हुने बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...