शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थालाई कारबाही हुने

Edu ministry q6dfzjekhi

काठमाडौँ । सरकारले शिक्षा आयोगको प्रतिवेदन छाप्नेलाई कारबाही गर्ने भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपालले सार्वजनिक गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा निसान छाप प्रयोग भएकोमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिलिपि अधिकार उल्लङ्घन भएको हुँदा कानुन बमोजिम कारबाहीको लागि पत्राचार गरिएको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । नेपाल सरकारले औपचारिक रुपमा आयोगको प्रतिवेदन सार्वजनिक नगरेकाले सूचनाको हकप्रतिको दायित्व आफूहरुको पनि भएको बताउँदै आयोगका बहुमत सदस्यहरुले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेका थिए । त्यही प्रतिवेदनको प्रिन्ट संस्करण प्रकाशित गरेको भन्दै सरकारले शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपाललाई कारबाही गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...