३ हजार शिक्षकले जागिर गुमाए

Tt

काठमाडौँ । देशभरका निजी विद्यालयले कोरोना महामारीका बेला शिक्षक निष्कासन गर्ने, बेतलबी राख्ने र किस्ताकिस्तामा तलब दिने गरिरहेका छन् । ‘मावि पढाउने शिक्षकलाई महिनाको १४ हजारका दरले तलब दिनुभएको थियो,’ रेडियनका एक शिक्षकले भने, ‘काठमाडौंमा बाँच्नै गाह्रो भयो । पढाइराखेका छौं, पूरा पारिश्रमिक चाहियो भन्दा तिमीहरूलाई विद्यालयले निष्कासन गरेको छ, राजीनामा देऊ भन्नुभयो ।’

उक्त विद्यालयका केही शिक्षकले राजीनामा दिइसकेका छन् भने केहीले संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) मा उजुरी हालेका छन् । इस्टुका अनुसार चैतयता मुलुकभरका ३ हजार १२ जना शिक्षकले जागिर गुमाइसकेका छन् । कोरोना भाइरसको बहाना बनाएर निजी विद्यालय सञ्चालकहरूले शिक्षकलाई जबर्जस्ती निष्कासन गर्ने क्रम बढेको इस्टु अध्यक्ष होमकुमार थापाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...