लागु औषधसहित दुईजना पक्राउ

Arested 1

दाङ । दाङको गढवामा लागु औषधसहित दुईजना पक्राउ परेका छन् । कोईलाबास लमही सडकखण्ड अन्तरगत गढवा गाउँपालिका वडा नम्बर ७ घोराहामा घोराही उपमहानगर पालिका वडा नम्बर १५ निवासी वर्ष २३ का रिहा जुदिन र सोही ठाउँ निवासी वर्ष २२ का चालक अरमान धुनिया पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय गढवाको टोलीले मंगलबार बेलुका कोईलाबास बाट घोराहीतर्फ जाँदै गरेको लु३१प १५७८ नम्बरको स्कुटरसहित ५५ ग्राम ७८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागु औषध पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोप्य सुराकीको आधारमा स्कुटर जाँच गर्दा हेल्मेट भित्र लुकाई छिपाई अवस्थामा लागु औषध फेला पारेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक भरत सिँह राँठौरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...