माझी समुदायले मनाए लदी पुजा, चौविसे गाउँपालिकाले दियो २ वडामा सार्वजनिक विदा

Ladi puja

धनकुटा । माझी समुदायले लदी पुजा मनाएका छन् । तमोर नदी किनार आसपास बसोबास गर्ने माझी समुदायले प्रत्येक वर्षको फागुनको तेस्रो साता नदी किनारमा लदी पुजा गर्ने गरेका छन् ।

नदी किनारमा मात्रै बसोबास गर्ने माझी समुदायले एक वर्षसम्म नदीले कुनै क्षति नगरोस्, आफ्नो समुदायमा कुनै समस्या नआओस् भनेर लदी पुजा गर्ने गरेका छन् ।

माझीहरूले जलदेवी, सेतीदेवीको आराधना गaरी कोशी नदीमा राँगा, सुँगुर, पाठी, कुखुरा, परेवाको पञ्चवली दिने परम्परा अनुसार तमोर नदीको किनारमा ढुङ्गाको देउता, बास, सिमली गाडेर डुङ्गा, माछा मार्ने जाल, फुरुंगोलाई पूजा गरेको साँगुरीगढी गाउँपालिका वडा नं. ४ कुसेटारका अगुवा महेन्द्र माझीले बताए ।

माझी समुदायको पुस्तौँदेखिको गर्दै आएको पेसा डुङ्गा तार्दा, माछा मार्दा कुनै किसिमको बाधा र मानवीय क्षति नहोस् भन्ने कामना गर्दै कोसी नदीमा पूजा गर्ने चलन रही आएको छ । लदी अर्थात् कोशी पूजाको अघिल्लो दिनै आफ्नो घर आगन लिपपोत गरी सफा गरिन्छ । बिहानै घर परिवारका सबै सदस्यले नुहाउने र नयाँ कपडा लगाएर कोसी पूजामा सामेल भई सामुहिक पूजा गरेका छन् । पूजापश्चात सामुहिक नाचगान गर्नुका साथै नदी किनारमै बनाइएका मिठा परिकार खाँदै एक अर्कामा शुभकामना आदान प्रदान गरी पर्व मनाइएको छ ।

धनकुटाको चौविसे गाउँपालिका ४ भैसेटार, साँगुरीगढी गाउँपालिका ३ कुसेटार, महालक्ष्मी नगरपालिका लगायतका स्थानमा बसोबास गर्दै आएका माझी समुदायले लदी पुजा मनाएका छन् । कुसेटारमा माझी उत्थान संघ धनकुटाको आयोजनामा तमोर नदी किनारमा लदी पुजा गरिएको कुसेटारकै देवी माझीले बताइन् ।

लदी पुजालाई स्थानीय तहले पनि निक्कै महत्व दिने गरेका छन् । यो वर्ष धनकुटाको चौविसे गाउँपालिकाले माझी समुदायको बसोबास रहेको चौविसे गाउँपालिकाको वडा नं. ४ र ५ मा सार्वजनिक विदा दिएको चौविसे गाउँपालिकाका उपप्रमुख टंकमाया पाङ्मी मगरले बताइन् ।

पछिल्लो समयमा उनीहरुको पुख्र्यौली पेशा संकटमा परेको छ । उनीहरुले माछा मारेर जीविकोपार्जन गर्दै आएकोमा अहिले माछा मार्ने पेशा नै संकटमा परेको छ । जसका कारण उनीहरुलाई जीविकोपार्जनमा समेत समस्या पर्न थालेको स्थानीयको भनाई छ । विकासको क्रमसँगै माझीहरुको पेसा संकटमा परेपछि पेसा परिवर्तन गर्न थालेका उनीहरू कृषि पेसालाई मुख्य पेसा बनाउँदै आएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...