भारतमा राम मन्दिर शिलान्यास हुँदा नेपालमा ॐकार परिवार हर्षित

Asmita vandari

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार भारतीय राजनीतिमा दशकौंदेखि प्रमुख मुद्दा रहँदै आएको अयोध्यामा राममन्दिर निर्माणको औपचारिक शिलान्यास गरे । सो क्रममा रामसँग नेपालको आत्मीय सम्बन्ध रहेको बताए ।

यता मोदीले राममन्दिर शिलान्यास गरेको दिन समस्त ॐकार परिवार हर्षित भएको विश्व हिन्दु महासंघले जनाएको छ ।  भगवान श्री रामलाई ॐकार परिवारले मर्यादा पुरुषको रुपमा हेर्ने गरेका छन् । 

यतिसम्मकी उनीहरुले ‘वैदिक सनातन हिन्दु धर्मले निर्माण गरेको हाम्रो आध्यात्मिक तथा धार्मिक सम्बन्ध कुनै पनि भौगोलिक र राजनीतिक नक्साभन्दा माथी रहेको हुँदा हामी नेपालीहरू पनि आजको यस महत्वपूर्ण ऐतिहासिक दिनमा गौरवान्वीत भएका छौं’ भनेका छन् ।

विश्व हिन्दु महासंघले भारतमा भगवान श्रीरामको मन्दिर बनेसँगै नेपाललाई हिन्दू अधिराज्य पुनःस्थापना गर्नका निम्ति संसार भरीका ॐकार परिवालाई प्रेरणा मिल्ने आशा र विश्वास लिएको छ ।

केही समयअघि मात्रै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालमै जन्मिएको बताएका थिए । प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मिएको बताएपछि विभिन्न टिकाटिप्पणीहरु भइरहेको छन् ।

पछि परराष्ट्र मन्त्रालयले ओलीको भनाइ राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको भावनामा चोट पुर्‍यााउने उद्देश्य नरहेको भन्दै प्रष्टीकरण दिएको थियो ।

विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले बुधबार विज्ञप्ती जारी गर्दै मर्यादा पुरुषोत्तम भगवान् श्री रामचन्द्रको जन्मस्थल धार्मिक तथा आध्यात्मिक नगरी भारतको अयोध्यामा श्रीराम मन्दिर भूमि पूजनको सिल्यान्यास कार्यक्रम भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट सम्पन्न भएकोमा हामी संसारभरीका हिन्दु ॐकार परिवार हर्षित भएको उल्लेख गरिएको छ ।

‘भगवान् रामचन्द्रलाई वैदिक सनातनी हिन्दु धार्मावलम्बीहरू मर्यादा पुरुषोत्तम ठान्दछन्, तसर्थ अयोध्यामा निर्माण हुने श्रीराम मन्दिर संसारभरीका हिन्दूहरूको आस्थाको धार्मिक तीर्थस्थल बन्ने छ भन्ने हाम्रो अटल आस्था र विश्वास रहेको छ’ विज्ञप्तीमा भनिएको छ, ‘वैदिक सनातन हिन्दु धर्मले निर्माण गरेको हाम्रो आध्यात्मिक तथा धार्मिक सम्बन्ध कुनै पनि भौगोलिक र राजनीतिक नक्साभन्दा माथी रहेको हुँदा हामी नेपालीहरू पनि आजको यस महत्वपूर्ण ऐतिहासिक दिनमा गौरवान्वीत भएका छौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...