प्रकृतिविरुद्ध कोभिड -१९ को लडाइँ र शक्तिबीचको होडबाजी

Dipa nepali baishakha 16

गत डिसेम्बर ३१ मा चीनको हुबे प्रान्तको वुहान शहरमा देखिएको कोरोना भार्ईरस विश्वका २०६ देशहरूमा महामारीको रूपमा फैलिसकेको छ । एउटा आकार प्रकार नभएको कोभिड–१९ अर्थात् कोराना भाईरसले आज मानवीय स्वास्थ्यमाथि ठूलो हमला गरेको छ । मानवीय बौद्धिकता र अहिलेसम्मको विभिन्न सफलताहरूप्रति नै ठूलो प्रश्नचिन्ह खडा गरेको छ । विश्वका शक्ति सम्पन्न राष्ट्रहरू बीचमा शक्तिको प्रदर्शन भइरहदाँ यता कोरोनाले ती सम्पूर्ण शक्तिहरूलाई उछिन्दै सबैलाई एक ठाउँमा उभ्याईदिएको छ । कोरोनाले आम मानिसमा अनावश्यक भय सिर्जना गराइदिएको छ ।

कोरोनाले विश्वका ठूला देशलगायत साना देशहरूलाई पनि स्वास्थ्य संकटमा पारेको छ । अहिले सबैभन्दा धेरै कोरोनाको संक्रमण हुनेमा युनाईटेड स्टेट अमेरिका नै भएको छ । त्यसपछि इटाली, चीन, स्पेन, जर्मनी जस्ता देशहरू धेरै प्रभावित बनेका छन् । संसारका तीनै ठूला–ठूला शक्तिशाली देशहरूलाई एउटै भाईरसले निकै दुःखद र अकल्पनीय स्थिति सिर्जना गरिदिएको छ । चीनबाट सुरू भएको कोरोनालाई चीनले चाँही विना हातहतियार कोरोनामाथि विजय प्राप्त गरिरहेको छ । सानो मानव हेल्च्याक्राईका कारण कोरोनाले विश्व यात्रा गर्ने ठूलो मौका पाएको छ ।

कहाँ चुक्यो मानव उपलब्धि ?
चीन नेपालको छिमेकी राष्ट्र भए पनि नेपालमा कोरोनाको प्रवेश अन्य देशबाटै भएको छ । ठूला हातहतियारमा अर्बौ पैसा खर्च गर्नसक्ने शक्तिशाली राष्ट्रले स्वास्थ्यमा अर्बौ लगानी गर्दा पनि कोरोनालाई जित्न सकिरहेका छैनन् । युद्ध गर्नका लागि लाखौ सेना जन्माउने राष्ट्रहरुले स्वास्थ्य सेवाका निमत्ति किन डाक्टर र नर्स जल्माउन सकिरहेकोे छन त ? देशको सुरक्षाको लागि भन्दै सैन्य तालिममा मानिसहरुलाई भर्ना गर्न सक्ने राष्ट्रमा स्वास्थ्य सुरक्षाको लागि लाखौ स्वास्थ्यकर्मीहरु किन भर्ना गर्न सकिरहेको छैन ? विश्वका तीनै महाराष्ट्रहरुले समयमै ध्यान नदिँदा र कोरोनाको संक्रमणलाई सामान्य जस्तो ठानी लापरवाही गर्दा आज विश्वका प्रत्येक नागरिकको स्वास्थ्य अवस्था जोखिममा परेको छ ।

अहिले प्रकृतिले समग्र मानव जातिमाथि यति ठूलो समस्या ल्याइदिएको छ की पटकपटक विश्वमा स्वास्थ्य र आर्थिक संकट नै निम्त्यो । योभन्दा अगाडि सन् २००९ मा स्वाईनफ्लु, सन २०१४ मापोलियो, सन २०१६ माजिका र सन २०१४ र सन २०१९ मा इबोला संक्रमण फैलिएर विश्वलाई हल्लाइदिएको छ । विश्वलाई स्वास्थ्य संकटकाल घोषणा गर्न बाध्य बनाइदिएको छ ।

सन् २००३ मा सार्स भनिने भाईरसको संक्रमणबाट विश्वभरका ३० वटा देशमा ७७४ जनाले मात्र ज्यान गुमाएका थिए । सो सार्सकै दोस्रो रुपमा देखिएको कोभिड १९ ले भने २ लाख ११ हजार ४ सय ३३ जनाको मृत्यु भइसकेको छ । २८ लाख ७४ हजार ६ सय ६० यसको संक्रमणमा परेका छन् । दिनदिनै संक्रमितहरुको संख्या बढेको बढ्यै छ । यसको नियन्त्रण कहिले होला भनेर विश्वमा मानव जाति पर्खाइमा छ ।

प्रथम विश्वयुद्ध १८ जुलाई १९१४ देखि ११ नोभेम्बर १९१८ सम्म चलेको थियो । ततपश्चात अक्टोवर क्रान्ति भनेर रुसमा सन १९१७ मा महान अक्टोवर समाजबादी क्रान्ति भएको थियो । दोस्रो युद्ध १९३९ देखि १९४५ सम्म चल्दा यो लडाईमा ७० देशहरुका जल–थलबायु सेनाहरु युद्धमा सम्मिलित थिए । ६ करोड मानिसको ज्यान गएको थियो । त्यो मानव ईतिहासमा घातक युद्ध भएको थियो । यो युद्ध अलाईज र एभ्सिस शक्तिहरुको बीचमा भएको थियो । खुला आकाशमुनी मृत्यु र मुक्तिको दोसाँधमा जीवनलाई राखेर युद्ध सफल गर्ने मानवजाति अहिले भने कोरोनाको कारण घरभित्र बसेर युद्ध लड्न परेको छ । जसमा मानव शाहस र आटले कोरोनालाई केहि सहजै जित्न सक्ने परिस्थिति भने छैन ।

विश्वका सम्पन्न राष्ट्रहरुलाई कायर बनाएको कोरोना बिना यन्त्र नाङगो आँखाले देख्न सकिँदैन । विश्व कृतिम स्रोत साधनले र वैज्ञानिक प्रविधिको प्रयोगसँगै अघि बढिरहेको बेला प्रकृतिले मानव बौद्धिकताभित्र गम्भीर प्रश्न खडा गरेको छ । पृथ्वीमा पहिलो र दोस्रो युद्ध मानव जातिबाट सुरु र अन्त्य भएको थियो भने प्रकृतिले तेस्रो विश्व युद्धको सुरु गरेको छ । तर यसको अन्त्य कसरी, कहिले र कसले गर्ने भन्ने कुनै पत्तो छैन । यो एउटा प्रकृतिले मानव जातिमा गरेको तेस्रो विश्व युद्ध हो । यसले कुनै विकसित राष्ट्र र अविकसित राष्ट्र भनेर छुट्याएको छैन । कोरोनाले कुनै अरु जिवजन्तुमाथि आक्रमण गरेको छैन । मात्र यसले मानव जातिमाथि ठूलो संकट पैदा गरेको छ । जहाँ मानव जातिको बस्ती छ, त्यहि कोरोनाको यात्रा जारी रहेको छ ।

शक्तिबीचको होडबाजी
विज्ञान र प्रविधिले अघि बढेको मानव संसारलाई कोरोना भाईसले सचेत बन्ने एउटा सुनौलो अवसर र शक्तिशाली राष्ट्रहरूले एक आपसमा आफ्नो शक्ति मात्र प्रदशन गर्नुभन्दा पहिले मानवीय अस्तित्वतर्फ फर्कन र सोच्न आवश्यक गराइदिएको छ ।
विश्व कृतिम स्रोतसाधनले र वैज्ञानिक प्रविधिको प्रयोगसँगै अघि बढिरहेको बेला प्रकृतिले मानव बौद्धिकताभित्र गम्भीर प्रश्न खडा गरेको छ । यतिखेर पृथ्वी एउटा घर हो र पृथ्वीमा बस्ने सबै मानिसको पीडा एउटै हो भन्ने कुराको आभास गराइदिएको छ । अहिले विश्वव्यापी रूपमा बढेको औद्योगिकरण र प्रविधिको दुरूपयोग लागि विश्वका धनी राष्ट्रहरू जिम्मेवार छन् ।

जलवायु परिवर्तनसँग जुध्ने तत्कालीन तथा दीर्घकालीन कार्यहरू नहुँदा प्रकृतिले स्यमं निम्त्याएको यस्ता समस्याहरू देखिँदै गइरहेका छन् । जसका कारण रोग र भोग दुबैको संकट हुनसक्ने कुरा हाम्रो सामु स्पष्ट देखिएको छ । कोरोनाले कुनै अरू जीवजन्तुमाथि आक्रमण गरेको छैन । मात्र यसले मानव जातिमाथि ठूलो संकट पैदा गरेको छ । जहाँ मानव जातिको बस्ती छ, त्यहि कोरोनाको यात्रा जारी छ । कोरोनाको जन्म चीनमा भए पनि यसले विश्वका धेरै देशमा बसाई सर्दै आफ्नो यात्रा निरन्तर जारी राखेको छ ।

सजकताको जरुरत
आजसम्म नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनुपरेको छैन । भोली के हुन्छ, त्यो अलग कुरा हो । तर, हामी त्यो दुःखद दुर्घटना नहोस् भनेर अहिलेदेखि नै सचेत र सजक बन्न जरुरी छ । प्रारम्भमा नेपाल जस्तो एउटा विकासोन्मुख देशमा कोरोनाले निकै असर गर्न सक्ने विभिन्न अनुमानहरू गरिएका थिए । तर अहिलेसम्म अवस्था सामान्य जस्तो देखिएको छ । नेपालमा अहिलेसम्म ५२ जनामध्ये १६ जना निको भइसकेका छन् । यो हाम्रो जस्तो मुलुकका लागि निक्कै खुसीको कुरा पनि हो ।

नेपालमा यतिखेर सबैको मनमा खट्किएको एउटा विषय भनेको नेपालमा लकडाउनपछि स्वादेश फर्कन खोज्नेहरुको सास्ती र पीडा सरकारले कति पनि बुझ्न सकेन । भारतबाट नेपालको सीमा क्षेत्रमा आएर क्वारेनटाइनमा बसेका नेपालीहरु नेपाल आउन थालेका छन्, जुन स्वागतयोग्य छ । त्यति नै वैदेशिक रोजगारीमा रहेका हजारौं युवा खाडी मुलुकमा पीडित बनेका छन् । उनीहरु तिसक्दो चाँडो नेपाल फर्किन चाहन्छन् । उनीहरुलाई नेपाल फर्किने वातावरण बनाउन जिम्मेवारी सरकारको हो । भुटान सरकारले २ जना नागरिक लैजान जुन प्रकारको कमद उठायो, त्यो कुराको ज्ञान सरकारी कुर्सीमा बस्नेहरुमा हुनुपर्ने हो । तर, हिजोसम्म उनीहरुले नै पठाएको रेमिटेन्सबाट देशको अर्थतन्त्रलाई माथि उठ्न टेको लगाएको थियो, आज तीनै युवाले नेपाल फर्किन बिन्ती गरिरहदाँ सरकारले उनीहरुलाई नेपाल ल्याउन सकिरहेको छैन ।

अहिलेको अर्काे तड्कारो विषय भनेको राहतको हो । जसको घरमा साँझ विहानको चुल्हो बल्ल छाडेको छ, उनीहरुका लागि तत्काल खाद्यन्नको व्यवस्था गरिनुपर्छ । उनीहरुलाई खाद्यन्नसहितको राहत वितरणमा कति पनि ढिलाई गरिनुहुँदैन । सबैभन्दा पहिले कोरोनाको संकटसँग प्रत्यक्ष खटिरहेका स्वास्थ्यकर्मी डाक्टर, नर्स रसुरक्षाकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरूको उपलब्धता र उनीहरूको मनोबललाई उच्च बनाउने काम गरिनुपर्छ ।

कोरोनाले संकट मात्र निम्त्याएको छैन, यसले केहि राम्रा आनिबानीमा सुधार गराएको छ । यतिखेर दुई हात जोडर नमस्कार गर्ने नेपाली संस्कारले विश्वप्रसिद्धी मान्यता पाएको छ । यो समयमा हामी निकै सचेत बन्दै घरभित्र बसेर कोरोनाविरुद्धको लडाईमा सरिक भइरहेका छौं । यो विपतको घडीमा घरमै बसेर, मान्छे–मान्छेबीचको सामाजिक दुरी कायम राख्ने, बुढा बाआमाको स्वास्थ्य उपचार र उहाँहरूलाई हौसला दिने, फाटेका मनहरू सिलाएर र अभावको अवस्थामा बाँडीचुडी खाएर मानवीय सहयोग र आत्मियता साटने बेला आएको छ । हाम्रो संस्कार पनि यही सिकाएको छ । अब फेरि हामीले आम्रा असल संस्कारलाई ब्यूत्याउन जरुरी भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा कांग्रेसको नेतृत्व दिनेश राईको पोल्टामा, पौडेल पक्ष धनकुटामा निरीह सावित

Dinesh rai dkt

धनकुटा । लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेस धनकुटाको सभापतिमा दिनेश राईले बाजी मारेका छन् ।...