जैविक मार्ग र म्याराथन मार्चको भविश्य

Rani bibas

भीमदत्त नगरपालिकाको समृद्धिको प्रमुख आधार पर्यटनलाई मध्यनजर गरी रौटेलादेखि ब्रह्मदेबसम्म जैविक धार्मिक पर्यटन मार्ग निर्माण गरिएको हो । यो मार्गमा आइतबार जैविक धार्मिक पर्यटन मार्ग म्याराथन मार्च हुँदैछ । भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले ऐतिहासिक मार्गमा अर्को ऐतिहासिक कार्य गर्न लागेका छन्, त्यो हुने जैविक धार्मिक पर्यटन मार्ग म्याराथन मार्च । मार्चका आकर्षक व्यक्तित्व म्याराथन धावक बैकुण्ठ मानन्धर पुगेका छन् ।

नगर प्रमुख सुरेन्द्र विष्ट र नगर उप प्रमुख सुशिला चन्द सिहले माननधरलाई स्वागत गरी खादा ओढाएका छन् । नेपाली एथ्लेटिक्सका महापुृरुष तथा दक्षिणी एसिशयाली खेलकूदका किर्तिमानी पुरुष मानन्धर म्याराथन मार्चमा आउन नगरपालिका मात्रै होइन्, सुदूरपश्चिम प्रदेशका लागि गौरव हो । स्वयम् धावक मानन्धरले नै प्रतियोगिताबाट खेलकूद विकासमा टेवा पुग्ने आश गरेका छन् । त्यसैले मुर्धन्य खेलाडीको सहभागिता आफैंमा गौरवको विषय भएकाले यो प्रतियोगिता सफल बनाउन सबैको दायित्व हुन आउँछ ।

यो प्रतियोगिताको तयारी, म्याराथन धावकको सहभागिता र खेलाडीको उत्साहले मार्च ऐतिहासिक हुने निश्चित छ । मार्चको इतिहास भीमदत्त नगरपालिकामा स्वर्णिम अक्षरले लेखिने छ । यो पुस्तौपुस्तासम्मका लागि नगर प्रमुख विष्ट सहित उनको टीमलाई सम्झिने जीवन्त इतिहास बन्नेछ । यो इतिहास नगर विष्टका विरोधी समेत आत्मसमीक्षा गरी आत्मग्लानी गर्ने अवसरका रपमा आएको छ । विरोधीहरुले यो कदम कति महत्वपूर्ण थियो भनेर त्यही बेला थाहा पाउने छन् ।

जहाँसम्म जैविक मार्गको कुरा छ, यो भीमदत्त नगरपालिकाको गौरवको योजना हो । त्यसमा म्याराथनले अर्को गौरव थपेको छ । यी दुबै योजना नगर प्रमुख विष्टका ऐतिहासिक हुन् । उत्तरी क्षेत्रका धार्मिक पर्यटकीय स्थललाई एक आपशमा जोडेर घाँडीघाँचलाई पर्यटकीय हब बनाउने, घाँडीघाँचलाई सुगम बनाउने, चुरे अतिक्रमण रोकेर वन क्षेत्र संरक्षण तथा मानव र चुरेका वन्यजन्तुवीच द्वन्द्व अन्त्य गर्ने लक्ष्यका साथ जैविक धार्मिक मार्ग निर्माण गरिएको हो । यो मार्ग रौटेलादेखि ब्रह्मदेब जोड्ने पूरानो बाटोमै निर्माण गरिएको छ । मार्गले वस्ती र वन क्षेत्र छुट्याएको छ ।

स्थानीय तह निर्वाचनमा नगर प्रमुख विष्टको यो प्रमुख चुनावी एजेण्डा थियो । त्यसकारण निर्वाचित भएपछिको पहिलो नगर सभाबाट प्राथमिकता दिएर मार्ग निर्माण सुरु गरिएको हो । २२ मिटर लम्बाईको ऐतिहासिक मार्ग लगभगत तयार भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटमा काली, गोदावरी र कर्णाली नाम दिएर बजेट विनियोजन गरिएको छ । भीमदत्तका नगर प्रमुखको ऐतिहासिक कदमलाई प्रदेश सरकारले पहिलो वर्षमै प्राथमिकता दिएर आफ्नो विकासका लागि राम्रो संकेत गरेको छ । यो मार्ग घाँडीघाँचका लागि मात्रै होइन, भोलीको दिनमा भारत र चीनको त्रिदेशीय नाका रुपमा भीमदत्त नगरलाई विकास गर्ने दुरगामी लक्ष्यका साथ निर्माण गरिएको छ ।

भीमदत्तलाई त्रिदेशीय नाका बनाउने प्रमुख पूर्वाधारका रुपमा दोधारा चाँदनी सुख्खा बन्दरगाह र महाकाली कोरिडोर निर्माण कार्य सुरु गरिएको छ । जैविक मार्गका उत्तर र दक्षिण किनार जोडेर नगरपालिकामा चक्रपथ (८३ किलामिटर) निर्माणको प्रक्रिया थालिएको छ । सडक पूर्वाधार विकासका लागि महत्वपूर्ण भएकाले जैविक धार्मिक मार्ग नगर समृद्धको लागि कोशेढुङ्गाका रुपमा रहनेछ ।

विकास गर्छु, विकास गर्नु आफैंमा परस्परा विरोधी कुरा हुन् । विकास नहुँदा विरोध हुन्छ, त्यो सकारात्मक नै हो । सरकारलाई विकासका लागि दबाव पुग्छ । विकास हुन नसकेका ठाउँका वासिन्दाको आवाज सुन्छ । विकास हुँदा पनि विरोध हुन्छ, त्यसका पनि कारण हुन्छन् । तर केही विकासमा चाहिँ जनताको माग र आवश्यकतालाई भन्दा आफ्नो स्वार्थलाई सर्वोपरी राखेर पाखण्डी शैलीमा विरोध गरिएको हुन्छ । त्यो सोच भने विकासका लागि सबैधन्दा खतरनाक मानिन्छ ।

त्यो सोच आफू बाहेक अरुलाई लगभगत निषेध गर्छ । त्यो सोच आफू मात्रै ठिक भन्छ, अरु सबै गलत र नराम्रो देख्छ । मतलत त्यो सोच आफ्नो आङको जम्रा देख्दैन, अरुका भैसीका देख्छ । र केही समयका लागि पिसाबको तातो महसुस गरी बस्छ र मन शान्त पार्छ । यसले चाहिँ विकास हुँदैन । त्यहीं कारण २०४९ देखि स्थानीय तह निर्वाचन भए पनि घाँडीघाँचमा एउटा गतिलो बाटो बनाउन सकिएन । घाँडीघाँचका वासिन्दालाई विकासे हावाको ललिपप खुवाइयो । आखिर एउटा बाटो बनाउन पनि स्थानीयले भीमदत्तका नगर प्रमुख विष्टलाई २०७४ असार १४गतेसम्म पर्खनु प¥यो । नगर प्रमुख विष्ट निर्वाचित नभएको भए यो बाटो कहिल्यै बन्ने थिएन । किनकी त्यो भिजन अहिलेसम्म कसैमा आएको थिएन ।

नेकपाका युवा नेता, तत्कालिनका एमालेका सचिव, सवच्छ छवि र तार्किक क्षमताका विकासको भिजन र मिसन भएका नेता भएकाले मात्रै यो मार्ग बनेको हो । यो मार्ग जस्तै अर मार्ग पनि बनाउन पर्छ नगर प्रमुखले । स्थानीय तह निर्वाचनमा जनताले यस्ता फराकिला मार्ग सहित नगरको विकासका लागि मत दिएका हुन् । जनमत कदर गरी विकासका कार्य गर्दै गएमा जनताले आज मात्रै वर्षौसम्म साथ र सहयोग दिनेछन् ।

स्थानीय तह निर्वाचनपछिको सबैभन्दा ठूलो उपलब्धि जैविक मार्ग र त्यसमा हुने म्याराथन मार्च स्थानीय सरकार र नेपाली खेल क्षेत्रका लागि वर्षौसम्म नमेटिने इतिहास हो । विद्यार्थी, महिला पुरुष सबैको गौरवको विषय हो । कञ्चनपुरको सबैभन्दा पुरानो नगरपालिका, क्रान्तिकारी किसान नेता भीमदत्त पन्तको नामबाट नामाकरण गरिएको नगरपालिका, सबैभन्दा ठूलो नगरपालिका, सुदूरपश्चिम प्रदेशमा उत्कृष्ठ नगरपालिका नगरवासीका लागि मात्रै होइन, देशका लागि गौरव हो । विदेशीका लागि प्रवेशद्वार छ, त्रिदेशीय नाका बन्न सक्छ, बाह्रसिंगाको सबैभन्दा ठूलो झुण्ड भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छ, भीमदत्त पन्तले क्रान्ति गरेको पत्रिव भूमि छ, दर्जनौ पर्यटकीय गन्तव्य छन्, विभिन्न भाषा भाषी, संस्कृति, चालचलनको बेजोड मिलन छ, महाकाली नदीको आफ्नै ताल छ, यी सबैले नगरका सुन्दर आभुषण हुन् ।

गुरुयोजनाबाट निर्माण गरिएको सुन्दर महेन्द्रनगर सहर यो नगरको अर्को प्रमुख शान हो । यी र यस्ता सबै शान पहिचान भएको नगरपालिकाका वासिन्दा हुनु पाएकोमा सबै गौरवान्तित छन् । सबैले विकासलाई विजुलीको गतिमा हेर्न चाहेका छन् , त्यसका लागि सबैले नगर प्रमुख सुरेन्द्र विष्टको आश गरेका छन् । त्यसका लागि नगर प्रमुखले सबैको साथ र सहयोग अवश्य पाउने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...