विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको पहिलो जित

एजेन्सी । दक्षिण अफ्रिकाले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । कार्डिफमा शनिबार अफगानिस्तानलाई डीएल पद्दतिको आधारमा ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले पहिलो जित निकालेको हो ।

सोफिया गार्डेन्समा वर्षाले प्रभावित गरेपछि ४८ ओभरमा झारिएको खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई जितका लागि १२६ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा अफगानिस्तानले दिएको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले २८ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।

दक्षिण अफ्रिकाको जितमा लागि क्विनटन डी ककले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हासिम अमलाले अविजित ४१ रन जोड्दा एडिले लक्कीले अविजित १७ रन जोडे ।

अफगानिस्तानका गुल्बादीन नाइबले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३४ ओभर १ बलमा अलआउट हुँदै १२५ रन बनाएको थियो ।

अफगानिस्तानका लागि राशिद खानले सर्वाधिक ३५ रन जोडे । यस्तै नुर अली जाड्रानले ३२ तथा हजरातउल्लाह जजाईले २२ रन बनाए ।

दक्षिण अफ्रिकाका इमरान ताहिरले ४ विकेट लिए । यस्तै क्रिस मोरिसले ३ विकेट लिए ।

यो जितसंगै दक्षिण अफ्रिकाको खराब यात्रामा पूर्णबिराम लागेको छ । दक्षिण अफ्रीकाले ५ खेलबाट ३ अंक जोडेको छ । अघिल्ला ४ खेलमा दक्षिण अफ्रिकाले ३ खेलमा हार र वर्षाले खेल रद्द हुँदा १ खेलमा अंक बाडेको थियो ।

 अफगानिस्तानको भने हारको यात्रा कायम रहेको छ । यो अफगानिस्तानको चौंथो हार हो । पुछारको अफगानिस्तानले ४ खेलमा अंक जोड्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...