आईसीसीको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल यथावत

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १४ औं स्थानमा रहन सफल भएको हो । नयाँ वरियतामा नेपालले १५२ अंक पाएको छ । टी-ट्वान्टी वरियतामा भने नेपाल ११ औं स्थानमा रहेको छ ।

आईसीसीबाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएर संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिज खेलेपछि नेपाल वरियतामा पर्न थालेको हो । गत माघमा भएको उक्त सिरिज नेपालले २-१ ले जितेको थियो । युएईसंगको सिरिजपछि नेपालले अन्य एकदिवसीय खेल खेलेको छैन । 

वरियतामा नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन् । नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्यान्ड रहेका छन् । चौथोमा दक्षिण अफ्रीका  र पाँचौमा अष्ट्रेलिया रहेको छ । एकदिवसीय खेलाडी वरियतामा नेपालका कुनै पनि खेलाडीले शीर्ष १०० भित्र स्थान बनाउन सकेका छैनन् ।

प्रतिकृया दिनुहोस