विश्वकप क्रिकेटमा आज वेष्ट इण्डिज र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुदै

एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज (शुक्रबार) वेष्ट इण्डिज र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुदैछ । दुवै टिम आज साउथह्याम्प्टनको द रोस बल मैदानमा प्रतिस्पर्धाका लागि उत्रन लागेका हुन् । विश्वकपको प्रबल दाबेदार इंग्ल्याण्डले पहिलो खेलमा दक्षिण अफ्रीकालाई हराएको थियो । उसले दोस्रो खेलमा पाकिस्तानसंग अप्रत्यासीत हार ब्यहोरेको थियो । तर बंगलादेशविरुद्व शानदार जित सहित इंग्ल्याण्ड लयमा फर्किएको थियो ।

बंगलादेशविरुद्व इंग्ल्याण्डले ठुलो स्कोर बनाएको थियो । उसले ६ विकेटको क्षतीमा ३ सय ८६ रन बनाएको थियो । सो खेलमा जेसन रोयले शतक प्रहार गरेका थिए । वेष्ट इण्डिजविरुद्व मैदान उत्रदै गर्दा इंग्ल्याण्डका ब्याट्सम्यानले संघर्ष गर्नुपर्ने हुन सक्छ । कारण, वेष्ट इण्डिजका सबै बलर फर्ममा रहका छन् । ओशाने थामस र शेल्डन काटरेल जस्ता युवा खेलाडीले निकै राम्रो प्रर्दशन गर्दै आफ्नो प्रभाव छाडेका छन् ।

दुवै खलाडी इंग्ल्याण्डका लागि चुनौती हुन सक्छन् । कप्तान जेसन होल्डर, कार्लोस ब्रैथवट र आन्द्रे रसेलसंग समेत राम्रो बलिङ गर्न सक्ने क्षमता राख्छन् । यसले गर्दा इंग्ल्याण्डको ब्याटिङ लाईनले कडा चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ । सोही कारण घरेलु टिम बढी शर्तक हुन आवश्यक छ । विशेष दिनमा वेष्ट इण्डिजले कुनैपनि नतिजा निकाल्न सक्न क्षमता राख्छ ।

बलर मात्र नभएर वेष्ट इण्डिजका ब्याट्सम्यानबाट समेत इंग्ल्याण्ड सचेत हुन आवश्यक छ । क्रिस गेल, रसेल, ब्रैथवेट जस्ता ब्याट्सम्यान टिमका मुख्य आधार हुन् । जसले कुनैपनि समय खेलको दिशा परिवर्तन गर्न सक्ने क्षमता राख्छन् ।

हुन त इंग्ल्याण्डको बलरका अगाडी कुनैपनि ब्याट्सम्यानलाई ब्याट घुमाउन सहज हुने छैन । पछिल्लो समय जोफ्रा आर्चर निकै राम्रो फर्ममा छन् । आर्चरसंगै वेन स्टोक्स, र्माक वुड लगायतका खेलाडीले वेष्ट इण्डिजका ब्याट्सम्यानलाई दबाबमा राख्न कोशिश गर्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...