साउन २४ गते उद्घाटन हुने खेलमा लिभरपुल र नर्विच भिड्ने

यस सिजनमा कुल ३८० खेल हुने

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनका लागि खेलतालिका सार्वजनिक भएको छ । लिग व्यवस्थापनले बिहीबार जारी गरेको खेलतालिका अनुसार आउँदो साउन २४ गते हुने उद्घाटन खेलमा उपविजेता लिभरपुल र बढुवा भएको क्लब नर्विच सिटी भिड्नेछन् ।


उपाधि विजेता म्यानचेस्टर सिटीले पहिलो खेलमा वेस्टह्याम युनाइटेडसित खेल्दा तेस्रो भएर लिग सकाएको चेल्सीले पहिलो खेलमै म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।


टोटनह्याम हट्सपरले एएफसी बर्नमाउथसित खेल्दा आर्सनलको पहिलो भिडन्त न्यूकासल युनाइटेडसित हुनेछ । यसपटक प्रिमियर लिगमा नर्विच, शेफिल्ड वेनस्डे र एस्टन भिल्लाको बढुवा भएको छ ।


लिगको इतिहासमा पहिलोपटक फेबु्रअरीमा क्लबहरुले विश्रामसमेत पाउनेछन् । फेबु्रअरी पहिलो सप्ताहन्त ८ फेबु्रअरीमा पाँच खेल र दोस्रो सप्ताहन्तमा फेबु्रअरी १५ तारिखमा पाँच खेल हुनेछन् । सन् २०१९–२० को सिजनमा कुल ३८० खेल हुनेछन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...