एक दिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदै

काठमाडौं ।  एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज (बिहीबार) एक खेल हुँदैछ । इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे न्युजिल्याण्ड र भारतबीच प्रतिस्पर्धा हुनेछ । जारी प्रतियोगितामा दुवै टोली अपराजित छन् । न्युजिल्याण्ड ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ ।

यसअघि भएको तीनै खेलमा जित हात पारेको न्युजिल्याण्ड आज भारतसँग पनि जितको रणनीति बनाउँदै अपराजित यात्रा कायम गर्न चाहन्छ ।

यता भारत पनि तेस्रो जितको खोजिमा छ । यसअघि आफ्नो पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई र दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...