विश्वकप क्रिकेट: अष्ट्रेलियाद्वारा पाकिस्तान ४१ रनले पराजित, आज भारतले न्युजिल्यान्डको सामना गर्ने

काठमाडौं । पाकिस्तानलाई ४१ रनले हराउँदै अष्ट्रेलियाले एक दिवसिय विश्वकप क्रिकेटमा जितको पुनरागमन गरेको छ । अघिल्लो खेलमा भारतसँग हारेको अष्ट्रेलियाले गएराती पाकिस्तानलाई हराउदै अंक तालिकाको शिर्ष स्थानमा रहेको न्युजिल्याण्डसँग बराबरी गरेको हो ।

खेलमा अष्ट्रेलियाले दिएको ३ सय ८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४६ औं ओभरमा अलआउट हुनुपूर्व २ सय ६६ रन मात्रै बनाउन सक्यो । उसका लागि इमाम उल–हकले ५३ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् । पाकिस्तानलाई सस्तैमा समेट्न अष्ट्रेलियाका प्याट कमिन्सले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको साविक विजेता अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै ३ सय ७ रन बनाएको थियो । पहिलो विकेटका लागि एक सय ४६ रनको साझेदारी गर्ने क्रममा डेभिड वार्नरले एक सय सात रन बनाए भने कप्तान आरोन फिन्चले ८२ रन जोडे । दुई सय ७७ रन बनाउँदासम्म ४ विकेटमात्र गुमाएको अष्ट्रेलियाले बाँकी ३० रन जोड्दा पछिल्ला ६ विकेट गुमाएको हो । पाकिस्तानका मोहम्मद अमिरले ३० रन खर्चेर ५ विकेट लिए ।

विश्वकप क्रिकेटमा आज भारतले न्युजिल्यान्डको सामना गर्नेछ । न्युजिल्यान्डले प्रतियोगितामा लगातार तीन खेल जितेको छ भने भारतले लगातार दुई खेल जितेको छ । दुई अपराजित टोलीबीचको यो भिड्न्त निकै रोचक हुने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...