एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र पाकिस्तान भिड्ने

काठमाडौं । इङ्ल्यान्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र पाकिस्तान भिड्नेछन् । साविक विजेता अस्ट्रेलिया जारी प्रतियोगितामा चार खेलमा तेस्रो जितको खोजीमा छ । अघिल्लो खेलमा उसलाई भारतले हराएको थियो ।

उता पाकिस्तान भने प्रतियोगितामा दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा वेष्ट इन्डिजसँग हारेको पाकिस्तिानले दोस्रो खेलमा इङ्ल्यान्डलाई हराएको थियो ।

श्रीलंका विरुद्धको तेस्रो खेल भने वर्षाले अवरुद्ध भएपछि दुबै टोलीले अंक बाँडेका थिए । विश्वकप क्रिकेटको जारी १२ औं संस्करणका खेल वर्षाले प्रभावित हुन थालेका छन् । हिजो श्रीलंका र बंगलादेशबीच टससमेत हुन नसकेपछि खेल रद्द भयो ।

यसअघि श्रीलंका र पाकिस्तान तथा दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल पनि रद्द भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...