युरो कप छनोटमा बेल्जियमद्वारा स्कटल्याण्ड ३–० ले पराजित

 एजेन्सी । युरो कप छनोटमा बेल्जियमले स्कटल्याण्डलाई ३–० ले पराजित गरेको छ । समुह आईको खेलमा रोमेलु लुकाकुले दुई तथा केभिन डि ब्रुएनीले एक गोल गरेपछि बेल्जियमले सफल जित निकालेको हो ।

स्टिभ क्लार्कले स्टकल्याण्डको प्रशिक्षकको रुपमा पहिलो हार ब्यहोर्दा बेल्जियमले सतप्रतिशत जित हासिल गरेको ।

पहिलो हाफको ईन्जुरी समयमा लुकाकुले बेल्जियमलाई सुरुवाती अग्रता दिलाए । ५७ औ मिनेटमा लुकाकुले बेल्जियमकालागि दोस्रो गोल गरे । ब्रुएनीले दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

समुहको शीर्ष स्थानको बेल्जियमले ४ खेलबाट १२ अंक जोडेको छ । स्कटल्याण्ड ६ अंक सहित चौथो स्थानमा छ ।

मंगलबारनै भएको खेलमा काजकिस्तानले सान मारिनोलाई ४–० गोल अन्तरले हरायो । काजकिस्तानले ६ अंक सहित तेस्रो र सान मारिनो अंक विहिन हुदै पुछारमा रह्यो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...