प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल आज

काठमाडौं । चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल आज (सोमबार) हुँदैछ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने उपाधि भिडन्तमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि आइतबार फाइनल हुने जनाईए पनि सार्वजनिक विदाको कारण फाइनल खेल सोमबार सारिएको हो । साविकको विजेता समेत रहेको आर्मी लगातार चौंथो पटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो । बलियो पुलिसलाई हराउन सफल आर्मी उक्त लयलाई कायम राख्ने योजनामा हुनेछ ।

यता, पहिलो पटक फाइनल पुगेको गण्डकी आर्मीलाई स्तब्ध बनाएर उपाधि जित्ने योजनामा हुनेछ । सेमिफाइनलमा बलियो टिम एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गरेको गण्डकी निकै आत्मविश्वासी रहेको छ ।

नेपाली सेनाको आयोजनामा जारी प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा नेपाल पुलिसले तेस्रो स्थान हासिल गरिसकेको छ ।

यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने छन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...