विधि र प्रक्रिया मिच्दै शिक्षकको सरुवा गरेको प्रति सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले सोलुखुम्बु जिल्लाका शिक्षक र शिक्षिकाको विधि र प्रक्रिया मिचेर सरुवा गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसद वालकृष्ण खाँणले विधि, प्रक्रिया र नियमलाई मिचेर आफ्ना मान्छेलाई इच्छा अनुसारको स्थानमा सरुवा र अन्यलाई विभेद् गरेको बताए ।

सांसद डिला सङ्ग्रौलाले श्रम तथा रोजगारीका क्षेत्र अस्तव्यस्थ बन्दै गएकोमा चिन्ता व्यक्त गरिन् । सांसद दिलेन्द्रप्रसाद बडूले जेठ ११ गते दार्चुलामा घटेको आपराधिक घटनामा संलग्न अपराधिलाई पक्राउ गर्न नसकेकोमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद देवप्रासद गुरुङले स्वयम्सेवकका रुपमा नेपाल आउने विदेशीलाई समान व्यवहार गर्ने सम्बन्धी नीति बनाउनुपर्नेमा जोड दिरे । सांसद देवप्रसाद तिमल्सिनाले रौतहट जिल्लामा हुरी, असिना र पानीले कृषिबालीमा क्षति पुग्न गएको उल्लेख गर्दै यसको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरे ।

प्रतिकृया दिनुहोस