सभापति देउवा भन्छन्ः शिक्षाले नै मलाई यो स्थान दियो

धनगढी । नेपाली कांगे्रसका सभापति शेरबहादुर दउवाले विद्यालयको शिक्षाले नै आफूलाई यो स्थानमा पुर्‍याएको बताएका छन् । सभापति देउवाले पढेको शनिबार सीताराम माध्यामिक विद्यालयको ६०औं वार्षिक उत्सव समारोहमा बोल्दै सो कुरा बताएका हुन् ।

उनले भने, ‘मैले सीताराम विद्यालयबाट एसएलसी दिएको हुँ’, ‘रामाश्रममा रहेको छात्रावासमा म आफै दाउरा जाने, खाना पकाउने काम गर्थे‌ं।’ 

विद्यालयका गुरुहरुको मेहनत र परिश्रमले गर्दा धेरै व्यक्तिलाई उच्च स्थानमा पुगेको समेत देउवाले प्रस्ट पारे । धनगढीमा आयोजित सीताराम माध्यामिक विद्यालयको हीरक महोत्सवको अवसरमा आयोजित कार्यत्रलममा देउवाले सुदूरपश्मिको विकासका लागि आफु गृहमन्त्री हुँदादेखि नै सक्रिय भएको बताए ।

‘मलाई मुलुकको ४ पटक प्रधानमन्त्री हुने अवसर सुदूरपश्चिम वासीले दिए’, उनले भने,‘सुदूरपश्चिमको विकासका लागि प्रधानमन्त्री भए पनि नभए पनि लागि रहने छु।’ सुदूरपश्चिम भारतको बाटो भएर आउनु पर्थे त्यसको अन्त्य गर्ने व्यक्तिनै आफु भएको देउवाले बताए। उनले विकास भन्ने कुरा सजिलो नभएको समेत धारणा व्यक्त गरे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...