सुपर्व क्याटलिष्ट एकेडेमीको १३ औं वार्षिक उत्सव सम्पन्न

धादिङ । धादिङको धुनिबेसी नगरपालिकामा रहेको सुपर्व क्याटलिष्ट एकेडेमीले आफ्नो १३ औं वार्षिकउत्सव मनाएको छ । 

धुनीबेसीको खानी खोलामा रहेको सो विद्यालय २०६३ सालमा स्थापना भएको हो । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकाले पनि यो विद्यालयलाई इलाका भरिमै उत्कृष्ट मान्छि । 

शुक्रबार भएको सो विद्यालयको वार्षिकउत्सवमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारको शिक्षा नीति नै असफल रहेको बताए । उनले राजनीतिक रुपमा यो सरकारले ध्रुवीकरण ण निम्ताउन खोजेकोमा चिन्ता व्यक्त गरे । 

‘हामी राजनीतिककर्मिहरुको उदेश्य देश र जनतामा हितमा केन्द्रित रहनुपर्छ । यस क्रममा राजनीतिक दलहरूबीच स्वास्थ प्रतिस्पर्धा हुनु स्वभाविक हो’ उनले भने, ‘तर यो प्रतिस्पर्धा कहिले पनि दुस्मनीमा रुपान्तरित हुनुहुँदैन । जुन देशका राजनैतिक नेताहरुले प्रतिस्पर्धालाइ दुस्मनीको रुपमा देख्छन्, त्यहाँ राजनीतिक ध्रुर्विकरण हुने मात्र नभई अशान्ति र अराजकता फस्टाएर देश नै बर्बाद हुने स्थितीमा  पुग्छ ।’

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अजयकुमार रिमाल, नेपाली कांग्रेस धुनिबेसी नगर सभापति दिपेन्द्र पाठक, नेकपाका राजाराम पाण्डे लगायतले शिक्षाको विकासले मात्र देशको विकास सम्भव रहेको बताए । कार्यक्रम नरेश शर्मा दाहाल सभापतित्वमा सम्पन्न भएको थियो ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...