विद्यावारिधि गर्ने ७ जनालाई पूर्व विद्यार्थीको सम्मान

Phd student samman

भक्तपुर । भक्तपुरको सानोठिमीस्थित आदर्श माविको पूर्व विद्यार्थी समाजले विद्यावारिधि गर्ने ७ जना पूर्वविद्यार्थीलाई सम्मान गरेको ।

पूर्व विद्यार्थी समाजले आफ्नो स्थापना दिवसको अवसर पारेर शनिबार आदर्श माविबाट एसएलसी पास गरी विभिन्न विश्वविद्यालयबाट पीएचडी गरेका सात जनालाई सम्मान गरेको हो ।

२०२८ सालदेखि २०५४ सालमा एसएलसी दिएका डा. दिनेश पराजुली, डा.बालकृष्ण रञ्जित, डा. अरविन्दप्रसाद रिमाल, डा. दिवाकर शाक्य, डा. रञ्जनकुमार दाहाल, डा. दिलीप पराजुली र डा. सुदीप ठकुरीलाई नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले सम्मान गरे ।

सो कार्यक्रमका शिक्षाविद् डा. विद्यानाथ कोइराला, रत्नराज्य विद्यालयकी प्राचार्य डा. गीता खरेल, विश्व निकेतन विद्यालयका प्राचार्य हेरम्ब कँडेल, ज्ञानोदय स्कुलका पूर्व प्राचार्य धनञ्जय शर्मा, विद्यालयका प्राचार्य सूर्यबहादुर कार्की लगायतले पीएचडी गरेका पूर्वविद्यार्थीबाट विद्यालयले फाइदा लिनसक्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रम समाजका अध्यक्ष सुवासचन्द्र ढुंगेलको सभापतित्वमा भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...