पूर्व विद्यार्थीले स्थापना गरे हजुरआमाको नाममा अक्षयकोष

Student le khole aksyakosh

प्युठान । सरुमारानी गाँउपालिका वडा नं. ३ चाभा स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीले ‘हरिकला राना अक्षय शैक्षिक कल्याणकारी कोष’ को स्थापना गरेका छन् ।

सो विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थी तथा लोक तथा दोहोरी गायक विक्रम रानाले आफ्नो हजुरआमा हरिकला रानाको नामबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशी रहेको ‘हरिकला राना अक्षय शैक्षिक कल्याणकारी कोष’ को स्थापना गरेका हुन् ।

गायक राना, निजका बुवा भक्तबहादुर रानामगर, आमा मेनुकादेवी रानामगर र हजुरआमा हरिकला रानाले विद्यालयका प्रधानाध्यापक खेमराज शर्मालाई ५६ औँ वार्षिक उत्सवको अवसरमा शनिबार चेक प्रदान गरे ।

अक्षयकोषमार्फत विपन्न गरिब जेहेन्दार विद्यार्थीको शैक्षिक विकासमा केही योगदान पुग्ने गायक रानाले बताए । ‘मैले अध्ययन गरेको विद्यालयमा सानो सहयोग गरेका छु’ उनले भने, ‘भावी दिनहरुमा पनि विद्यालयको विकासमा सहयोग गर्ने ईच्छा छ ।’

गायक रानाको ‘उठ माँया जुरुक्कै नाँच फुरुक्कै’ ‘पोथी कालीकाली, कहिले प्यार कहिले झगडा’ बोलका गीत बजारमा आइसकेका छन् भने अन्य ३ वटा म्युजिक भिडियोमा अभिनयसमेत गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस