यसकारण बाहिरिए नेइमार रुँदै मैदानबाट

Neimar

काठमाडौं  ।  स्टार स्ट्राइकर नेइमार गम्भीर पीडामा रुँदै मैदानबाट बाहिरएका छन् र उनी आफ्नो अवस्थाबारे चिन्तामा परेका छन् । नेइमारको आँसुसँग विश्व फुटबलका अधिकांश शुभचिन्तक परिचित छन् ।

रुसमा गएको वर्ष भएको विश्वकपमा नेइमारलाई सामान्य कारणमा पनि मैदानमा लडेको र रोएको आरोप लाग्यो ।

नेइमारले भने आफूलाई समस्या भएर नै रोएको वा लडेको बताए । नेइमार फेरि एकपटक मैदानबाट रुँदै बाहिरिएका छन् र कारण कसैको गुनासो होइन । उनी गम्भीर चोटका कारण रुँदै बाहिरिएका हुन् ।

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्टार खेलाडी नेइमार बुधबार राति फ्रेन्च कप अन्तर्गत स्ट्रासबर्गविरुद्धको खेलमा मैदानमा थिए ।

पिएसजीले यो खेलमा २–० को जित निकाल्यो । जितका लागि एडिन्सन काभानी र एन्जल डी मारियाले गोल गरे । घरेलु मैदानमा भएको खेलमा नेइमारले राम्रो खेल कौशल प्रदर्शन गरेका थिए ।

तर उनी दोस्रो हाफमा मैदानमा अप्ठ्यारोसँग लडे । उनको गोलीगाँठोमा गम्भीर चोट लाग्यो । उनको गोलीगाँठो गम्भीर पीडा हुने गरी फर्कियो । नेइमार ६० औँ मिनेटमा आँसु झार्दै मैदानबाट बाहिरिए ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नु तीन हप्ताअघि नेइमार चोटग्रस्त भएका हुन् । यसले उनलाई चिन्तामा पारेको छ र पिएसजीलाई पनि । पिएसजीले आउँदो फेब्रुअरी १२ मा अन्तिम १६ को पहिलो लेगमा युनाइटेडसँग खेल्दै छ ।

गएको वर्षको फेब्रुअरीमा चोट लागेकै गोलीगाँठोमा अहिले फेरि चोट लागेका कारण नेइमार चिन्तामा रहेको पिएसजीका प्रशिक्षक थोमस टुसिलले बताएका छन् । लिग वान लिडर पिएसजीका लागि बार्सिलोनाका पूर्व स्ट्राइकर समेत रहेका नेइमारले यो सिजन अहिलेसम्म सबै प्रतियोगितामा गरेर २० गोल गरेका छन् ।

गएको वर्षको फेब्रुअरीमा चोट लागेर बाँकी पूरै सिजन गुमाएकै गोलीगाँठोमा चोट लागेका कारण नेइमार बढी चिन्तामा परेका हुन् । अघिल्लो वर्ष चोटपछि ब्राजिलका नेइमार विश्वकपका लागि मात्रै फिट भएका थिए ।

प्रशिक्षक थोमसले भने, ‘उनलाई एकपछि अर्को गरी विपक्षी खेलाडीले फउल गरे । रेफ्रीले केही गरेनन् । उनको पाइताला फर्कने गरी गोलीगाँठोमा चोट लाग्यो ।’

नेइमार अहिले अस्पतालमा छन् । उनको अवस्था कस्तो छ भन्ने बारे डाक्टरले गरेका परीक्षणपछि मात्रै थाहा हुने जनाइएको छ ।

स्ट्रासबर्गका केही खेलाडी तथा प्रशिक्षकले नेइमारको बानीले विपक्षी खेलाडीलाई उक्साएको र चोट लागेको आरोप लगाएका छन् । तर पिएसजी प्रशिक्षक थोमसले भने त्यसको आलोचना गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...