रोनाल्डोलाई कर छलीको आरोपमा २३ महिनाको जेल सजाय

Ronaldo

काठमाडौं । विश्व चर्चित फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोलाई कर छलीको आरोपमा २३ महिनाको जेल सजाय भएको छ । साथै १८ दशमलव ८ मिलियन पाउण्ड अर्थात् झन्डै साढे अर्व जरिवाना पनि तिर्नुपर्ने भएको छ ।

स्पेनको एक अदालतले रोनाल्डोलाई कर छलीको आरोपमा दोषी ठहराउँदै रोनाल्डोलाई १८.८ मिलियन पाउण्ड जरिवाना र २३ महिना जेलको सजाय सुनाएको हो ।

अदालतले जरिवानाको सजाय सुनाउँदा रोनाल्डो अदालतमा उपस्थित भएका थिए । रोनाल्डोले आफूले कर छलीको आरोप स्विकार गर्दै जरिवाना तिर्न समेत राजी भएका छन् । रोनाल्डोले जेल भने बस्नु नपर्ने भएको छ ।

स्पेनको कानुन अनुसार हिंसात्मक बाहेकका २ वर्ष भन्दा कम जेल सजायका अभियुक्तले जेलमा बस्नु पर्दैन । पोर्चुगिज फरवार्ड रोनाल्डोलाई सन् २०१० देखिको १३ मिलियन पाउण्ड कर नतिरेको आरोपमा मुद्दा लागेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...