धनगढी प्रिमियर लिगको ग्लोबल कलेजले प्रायोजन गर्ने

Dhandago dpl

काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) टोली धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ म्यानेन्जेन्टले मुख्य प्रायोजन गर्ने भएको छ ।

डिपिएल सञ्चालन गर्न घरेलु टोली धनगढी र कलेजबीच सोमबार सम्झौता भयो । सो सम्झौता पत्रमा टोलीका मालिक कृष्ण बोहरा र ग्लोबल कलेजका प्रमुख कार्यकारी अधिकृत(सिइयो) खगेन्द्र ओझाले हस्ताक्षर गरे ।

सम्झौताअनुसार ग्लोबल कलेजले २० लाख बराबरको नगद तथा अन्य सहयोग गर्ने छ । माघ २६ बाट सुरु हुने रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणमा धनगढीसँगै, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपेन्देही च्यालेन्जर्स, विराटनगर किंग्स र काठमाडौं गोल्डन्स गरि ६ टोलीको सहभागिता रहने छ ।

यसअघि भएका दुई संस्करणको उपाधि घरेलु टोली टिम चौराह धनगढीले जितेको थियो । तर यस संस्करणबाट भने टोलीको नाम र स्वामित्व परिवर्तन हुदैँ धनगढी स्टार्स भएको छ ।

धनगढी स्टार्समा सोमपालसँगै पवन सर्राफ, सुनिल धमला, अमित श्रेष्ठ, सौरभ खनाल, विपिन खत्री, हरिबहादुर चौहान, दीपेश श्रेष्ठ, राजु रिजाल, रोविन क्षेत्री, धिरज शाही, कृष्ण ऐर र सन्दीप रिजाली रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...