एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने

Oyjptixzbl2b4tagi2uk

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल तालिका सार्वजनिक भएको छ । कतारमा हुने छनोट चरणको पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी ओमानको सामना गर्नेछ ।

एसियन फुटबल महासंघ (एएफसी) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार समूह ‘ए’ को नेपालले पहिलो खेलमा मार्च २२ तारिखमा ओमानसँग खेल्ने भएको हो ।

यसैगरी २४ मार्चमा कतारसँग तथा २६ मार्चमा अफगानिस्तानसँग खेल्नेछ । समूहको शीर्ष टोलीले थाईल्याण्डमा हुने एएफसी यूथ–२३ च्याम्पियनसिप खेल्नेछन् ।

यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन् । च्याम्पियनसिपका लागि ४४ टोलीले छनोट खेल खेलिरहेका छन् ।

जसलाई एएफसीले ११ समूहमा विभाजन गरेको छ । यी ११ समुहबाट छानिने १६ टोलीले फाइनल चरण खेल्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...