इङ्लिस प्रिमियर लिग: म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी

F0wyg306jimsjujqt46r

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् ।

तालिकाको दोस्रो स्थानमा रहेको म्यान सिटीले हडर्सफिल्ड टाउनलाई ३–० ले हरायो । सिटीका लागि ड्यानिलो, राहिम स्टर्लीङ र लेरोए सानेले एक एक गोल गरे ।

जितसँगे सिटीले शीर्ष स्थानको लिभरपुलसँगको दुरीलाई पुनः ४ अंकमा झारेको छ । गएराति नै भएको अर्को खेलमा टोटनह्याम हट्सपरले फुल्हमलाई २–१ ले हरायो ।

खेलमा टोटनह्यामका फर्नान्डो लोरेन्तेले आत्माघाती गोल गरेपछि फुल्हमले अग्रता लियो । तर डेले अली र ह्यारी विङ्क्सले एक एक गोल गर्दै टोटनह्यामलाई विजयी गराए ।

गएरातिका खेलपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा २३ खेलबाट ६० अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । समान खेलबाट ५६ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा ५१ अंकका साथ टोटनह्याम तेस्रो स्थानमा छ ।

चौथो स्थानको चेल्सीको ४७ अंक छ भने ४४–४४ अंक जोडेका आर्सनल र म्यान्चेस्टर युनाईटेड क्रमशः पाँचौ तथा छैटौं स्थानमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...