११ जनामा को बन्ला टेलिकमको प्रबन्ध निर्देशक ?

Telicom

काठमाडौं । नेपालमा सबैभन्दा धेरै नाफामा गएको संस्था हो नेपाल टेलिकम । यसैको प्रबन्ध निर्देशक बन्न दौडधुप गर्नेहरुको लर्काे नै लागेको छ ।

अहिले यसको प्रवन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएका छन् । प्रवन्ध निर्देशक बन्न सानउल्लाह खान, विमल आचार्य, बुद्धिप्रसाद आचार्य, गोकर्णप्रसाद सिटौला, संगीता पहाडी, डिल्लीराम अधिकारी, नगेन्ऽकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्याय, अनिल कुमार झा र रामदेव यादवले प्रवन्ध निर्देशक बन्न निवेदन दिएका छन् ।

त्यसमध्ये ९ जनाले मात्रै टेलिकममा प्रवन्ध निर्देशक बन्न आफ्नो कार्ययोजनासहित प्रस्तुतीकरण राख्न पाउने भएका छन् । ११ मध्ये दुई जनालाई अर्को चरणको प्रस्तुतिकरणका लागि अयोग्य ठहराइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत मंसिर २९ गते प्रवन्ध निर्देशक नियुक्तिका लागि लागि आवेदन माग गरेको थियो ।अन्तिम मिति बुधबारसम्म टेलिकमभित्रबाटै सात जना कर्मचारीले आवेदन दिएका छन् ।

साउन २९ गतेको मन्त्रीपरिषदले कामिनी राजभण्डारी बर्खास्त गरेपछि टेलिकममा नेतृत्व अभाव छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...