कञ्चनपुरमा म्याराथुन धावक मानन्धरको भव्य स्वागत

Kanchanpur ma dhawak

महेन्द्रनगर । म्याराथुन धावक बैकुण्ठ मानन्धर जैविक धार्मिक पर्यटन मार्ग म्याराथुन मार्चमा सहभागी हुन महेन्द्रर आएका छन् ।

धावक मानन्धरलाई भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, नगर उप प्रमुख सुशिला चन्द सिह र म्याराथुन मार्च तयारी मूल आयोजक समितिका संयोजक सामाजिक विकास समितिका सभापति हरकसिंह धामीले खादा ओढाएर सम्मान र स्वागत गरे ।

नगर प्रमुख उप प्रमुख सहितले स्वागत र सम्मानपछि धावक मानन्धरले म्याराथुन मार्चले खेलकूदको विकास हुने बताए । ‘खेलकूद क्षेत्रको विकास हुन्छ, यसले खेलकूद अघि बढ्न मद्दत गर्छ’ धावक मानान्धरले भने ‘म ३५/३६ वर्ष अघि आएको थिए, अहिले फेरि आएको छु ।’

उनले पुस १५ गते आयोजना हुने म्याराथुन मार्चमा सहभागी हुन सबै वासिन्दालाई आव्हान गरे । चार पटकका स्वर्ण विजेता धावक मानन्धरलाई नेपाली एथ्लेटिक्सका महापुरुष तथा दक्षिण एसियाली खेलकूदका किर्तिमानी खेलडाीका रुपमा रुपमा चिनिन्छन् ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले स्वागत गर्दै धावक मानन्धरको सहभागिताले म्थाराथुन मार्चको गरिमा बढेको बताए ।

म्याराथुन मार्चमा धावक मानान्धर विशिष्ठ अतिथिका रुपमा रहने छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतियोगिता उद्घाटन गर्ने तयारी छ ।

भीमदत्त नगरपालिकाले रौटेलादेखि ब्रह्मदेबसम्म २२ मिटर चौडा जैविक धार्मिक पर्यटन मार्ग बनाएको छ । नगरपालिकाले पहिलो पटक खेलकूद क्षेत्रको विकासका लागि सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी म्याराथुन मार्च आयोजना गर्न लागेको हो ।

प्रतियोगिता तयारीका लागि सामाजिक विकास समितिका सभापति धामीको संयोजकत्वमा २ सय ५१ सदस्यीय तयारी समिति गठन गरिएको छ । यसैगरी प्रचार प्रसार सहितका १० उप समिति गठन गरिएका छन् । मूल समितिमा नगर प्रमुख विष्ट संरक्षक र उप नगर प्रमुख चन्द सहसंरक्षक छन् ।

प्रतियोगितामा खेलाडीबाहेक १० हजारभन्दा बढी स्थानीयलाई सहभागी गराइने समितिका संयोजक धामीले बताए । म्याराथुन मार्च अन्र्तगत छात्र छात्राका लागि ५ किलोमिटर दौड, पुरुष हाफ म्याराथुन, महिला खुला म्याराथुन र महिला पुरुष खुला म्याराथुन दौड प्रतियोगिता आयोजना हुनेछ ।

छात्र छात्रा दौड प्रतियोगितामा एक विद्यालयबाट ५ छात्र र ५ छात्रा गरी १० विद्यार्थीले भाग लिन पाउने छन् । प्रतियोगिताअन्तर्गत सबैभन्दा बढी पुरस्कारको पुरुष खुला हाफ म्याराथुन दौड प्रतियोगिता छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...