ईपीएल क्रिकेटमा आज एक खेल हुँदै

Epl cricket rhinos gurkha

काठमाडौं ।  तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेट अन्तर्गत आज एक खेल हुँदैछ । टियू क्रिकेट मैदानमा आज हुने एक मात्र खेलमा शीर्ष स्थानको ललितपुर प्याट्रियाट्स र दोस्रो स्थानको भैरहवा ग्लाडियटर्सबीच प्रतिस्पर्धा हुनेछ ।

उपाधिका दाबेदार ज्ञानेन्द्र मल्लको ललितपुर र शरद भेषावकरको भैरहवा प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवैको लक्ष्य जित निकाल्दै पहिलो क्वालिफायरमा पुग्नु हुनेछ । ईपीएलको नियम अनुसार शीर्ष दुई टोलीले क्वालिफायर खेल्नेछ ।

क्वालिफायरमा विजेता हुने टोली सिधै फाइनलमा पुग्नेछ । पराजित टोलीले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्नु पर्नेछ । यस खेल दुवै टोलीको लिग चरणको अन्तिम खेल हो । यस खेलमा जित हात पार्ने एक टोलीको शीर्ष दुईमा स्थान पक्का हुनेछ ।

प्रतिकृया दिनुहोस