नेपालका रोहित चन्द बने इन्डोनेसियामा वर्षको उत्कृष्ट खेलाडी

Rohit canda

काठमाडौं । नेपालका खेलाडी रोहित चन्द इन्डोनेसियामा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । चन्द सार्क क्षेत्रभन्दा बाहिरी देशमा उपाधि जित्ने पहिलो नेपाली फुटबल खेलाडी बनेका छन् ।

पर्सिजा जाकर्तालाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका खेलेका रोहितले मोस्ट भ्यालुयवल प्लेयर्स अर्थात उत्कृष्ट खेलाडीको उपाधि पाएका हुन् ।

रोहितको उत्कृष्ट प्रर्दशनसँगै पर्सिजाले लिग वानको उपाधि उचालेको हो । लिग चरणको अन्तिम खेलमा समेत उनी प्लेईङ सेटबाटै खेलेका थिए । अन्तिम खेल जित्नैपर्ने गणीतिय समिकरणमा पर्सिजाले महत्वपुर्ण ३ अंक हात पारेको हो ।

रोहित सन् २०१३ देखि निरन्तर पर्सिजा टिमबाट खेलिरहेका छन् । जसमा उनले यो सिजनमा २१ खेल खेल्दा तीन गोल गरेका थिए ।

लिगको अन्तिम खेलमा मित्रा कुकरलाई दुई एकले हराउँदै लिगको शीर्ष स्थानमा रहदै उपाधि जित्यो । पर्सिजाको जितमा सिमिसले दुई गोल गरे । जसका कारण लिगमा पीएसएमलाई एक अंकले पछि पार्दै रोहितको टिमले उपाधि जित्न सफल भएको छ ।

यसअघि गोलकिपर किरण चेम्जोङले विदेशी भूमिमा उपाधि जितेका थिए । तर, उनले सार्क क्षेत्र भित्रकै खेलाडी थिए । त्यसबेला किरणले मल्दिभ्स र भारतको आई लिगको उपाधि जितेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...