शहिद स्मारक ए डिभिजन लिग दुई खेल हुँदै

Futbaaaall

काठमाडौं । मंलबार शहिद स्मारक ए डिभिजन लिग फुटबल खेल हुँदैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा ११ बजे हुने पहिलो खेलमा विभागीय टिम एपीएफ क्लबले न्युरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्दै छ ।

लिगको पुछारमा रहेको एनआरटी र लिगको ११ औं स्थानमा रहेको एपीएफबीच प्रतिस्पर्धा हुन लागेको हो । पाँच खेलमध्ये तीन खेलमा पराजित एक खेलमा जित र एक खेलमा बराबरी खेलेको एपीएफको चार अंक छ ।

त्यस्तै, एनआरटीले भने अहिलेसम्म जित हात पार्न सकेको छैन । उसले पहिलो खेलमा भने आर्मीलाई २–२ गोलको बराबरीमा रोकेको थियो । पछिल्ला चार खेलमा ऊ लगातार पराजित भएको छ ।

त्यस्तै, आजै हुने अर्को खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ । यी दुई टिमबीचको खेल प्रतिष्ठाको लडाइँ समेत हो । किनभने संकटा लिगको चौथो स्थानमा रहँदा पुलिस लिगको पाँचौ स्थानमा छ ।

संकटाले अहिलेसम्म पाँच खेलमध्ये ४ खेलमा जित र एक खेलमा हार ब्यहोर्दै १२ अंक बनाएको छ । यता, पुलिसले भने पाँच खेलमध्ये तीन खेलमा जित, एकमा हार र एकमा बराबरी खेल्दै १० अंक बनाएको छ ।

मंगलबार दुई बजेर ३० मिनेटमा सुरु हुने खेलमा संकटाले जित हात पारे लिग लिडर मनाङसँगको अंक बराबरी बनाउँदै दोस्रो स्थान कायम गर्ने छ । पुलिसले जित हात पारे १३ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिने सम्भावना रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...