‘ए’ डिभिजन लिगमा सरस्वतीको युथ क्लबले पहिलो जित

Saraswati club 529x300

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सरस्वती युथ क्लबले पहिलो जित निकालेको छ ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा शनिबार सम्पन्न पहिलो खेलमा सरस्वतीले फ्रेन्ड्स क्लबलाई ३-० ले पराजित गरेको हो ।

उसको जितमा विदेशीहरू भिक्टोर, इब्राहिम र साचिइले गोल गरे । १३ औ मिनेटमा भिक्टोरको गोलमा सरस्वती युथ क्लबले खेलमा अग्रता लिएको थियो ।

पहिलो हाफमा १-० को अग्रता लिएको सरस्वतीले दोस्रो हाफमा थप २ गोल थप्यो । ७३ औ मिनेटमा इब्राहिमले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

त्यस्तै ८३ औं मिनेटमा साचिइले अर्को गोल थपेपछि सरस्वतीको जित सुनिश्चित भएको हो । जितपछि सरस्वतीले ३ खेलबाट ३ अंक जोडेको छ ।

सरस्वती पहिलो खेलमा संकटा र दोस्रो खेलमा हिमालयन शेर्पा क्लबसँग पराजित भएको थियो । यता फ्रेन्ड्सको भने लिगमा यो लगातार तेस्रो हार हो । फ्रेन्ड्स पहिलो खेलमा थ्री स्टार र दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस