‘१२ नम्बर रेलको एक यात्री’ लियो टोल्सटोय

56 183714 leo tolstoy portrait

२० नोभेम्बर आज बिश्व प्रसिद्द रुसी साहित्यकार लियो टोल्सटोयको पुण्यतिथि । १९१० मा उनको निधन भएको थियो ।

‘१२ नम्बर रेलको एक यात्री’

वार एण्ड पिस जस्तो प्रसिद्ध पुस्तकका स्रष्टा लियो टोल्सटोयले मृत्यु शैयामा आफ्नो परिचय खुलाउंदा ब्यक्त गरेको उद्गार हो यो ।

८२ बर्षको उमेरमा श्रीमती सोफिया टोल्सटोय र छोराहरुसंग बिबाद उत्पन्न भएपछी एकरात सुटुक्क उनले आफ्नो मौजा ‘यास्नाया पोल्याना’ छोडे ।

छोरी अलेक्सान्द्रा लभोभ्ना बृद्द पिताको पछी लागिन । रेल यात्राबाट उनीहरु ‘रस्तोभ’ शहर जान चाहन्थे । उनले यात्रा गरेको रेलको नम्बर १२ परेको रहेछ । ’अस्तापोभा’ नामको रेल स्टेशनसनमा पुग्दा टोल्सटोय सिकिस्त बिरामी परे । तुरुन्तै डाक्टर बोलाइयो ! रेल स्टेशनका म्यानेजर ‘इभान अजोलिन’ले आफ्नै घरमा राखेर बिरामी टोल्सटोयलाई निक्कै सेवा गरे ।

बिरामी चेक गर्दा डाक्टरले भर्नु पर्ने फारममा बिरामीको परिचय खुलाउने कुनै पद उल्लेख गर्नु पर्ने रहेछ । डाक्टरले परिचयको बुँदामा के लेखौं भनेर सोद्धा टोल्सटोयले भनेछन ।
“मेरो परिचयमा १२ नम्बर रेलको एक यात्री मात्र लेख्नु होला । हामी सबै रेलका यात्री हौँ । कोहि फर्कने यात्रामा जान्छन् तर म भने नफर्कने अनन्त यात्रामा निस्केको छु !”
त्यसको एक हप्तापछी स्टेशन म्यानेजर ‘इभान अजोलिन’ कै घरमा निमोनियाका कारण लियो टोल्सटोयको निधन भयो ।

महान स्रस्टालाई हार्दिक श्रद्दान्जली !

फोटो: टोल्सटोयले यात्रा गरेको अन्तिम रेल स्टेशन ( अस्तापोभा )

 

प्रतिकृया दिनुहोस