आएरल्याण्डलाई हराउँदै भारत सेमिफाइनलमा

Top image42 866x487 mzfhc51krl

काठमाडौं । आईसीसी टी-२० महिला क्रिकेटमा अपराजित यात्रा कायम राख्दै भारत सेमिफाइनलमा पुगेको छ ।

बिहीबार रातिको खेलमा आएरल्याण्डलाई ३८ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । समूह चरणका तीन खेल जितेको भारत र सोही नतिजाकासाथ अष्ट्रेलिया सेमिफाइनलमा पुगेका हुन् । अब समूहको विजेता र उप विजेताका लागि भारत र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्नेछन् ।

बुधबार रातिको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ६ विकेटको नोक्सानीमा १४५ रन बनाएको थियो । भारतका लागि मिताली राजले अर्धशतकीय पारि खेल्दा स्मृती मण्डनले ३३ रन बनाइन् ।

१४६ रनको लक्ष्य लिएर मैदान आएको आएरल्याण्डले ८ विकेट गुमाउँदै ९३ रनमात्रै जोड्न सक्यो ।

उसका लागि इस्बोल जोयसीले ३३ तथा कार्ले सिलङटनले २३ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । भारतका लागि राधा यादबले ३ तथा दिप्ती शर्माले २ विकेट लिएकी थिइन् ।

प्रतिकृया दिनुहोस