निजी विद्यालयका पाठ्यपुस्तकमा प्रयोग भएका नेपालको नक्सा नै गलत

Map galat

काठमाडौं । नेपालीहरु राष्ट्रियताप्रति हुरुक्कै हुन्छन् भनेर विश्वले थाहा पाएको छ । तर, नेपालका केही व्यक्ति यस्ता छन्, जो पाठ्यपुस्तकमै नेपालको नक्सा गायव बनाउँछन् ।

विद्यालय तहमा अध्यापन हुने सामाजिक शिक्षामा कालापानी र लिपुलेक गायब भएका नक्सा छन् । अधिकांश निजी विद्यालयमा प्रयोग भएका सामाजिक शिक्षामा गलत नक्सा प्रकाशित छ ।

रिडमोर, मेगा, अस्मितालगायत प्रकाशन गृहले छापेका पाठ्यपुस्तकमा गलत नक्सा छन् । जुन देशका भविष्य भनेका बालबालिका हुन्, तीनै कालिबालिकालाई देशको गलत नक्सा पढाइएको छ ।

अहिले पनि नेपालको सरकारी छाप ‘निशान’ नेपालको गलत नक्सा भएको छाप प्रयोग भइरहेको छ । त्यसरी नै नक्सामै नेपाल हराएको नक्सा पाठ्यपुस्तकमै समावेश गरेर पठनपाठन भइरहेको छ ।

पुस्तकमा प्रयुक्त प्रदेश ७ को नक्सामा कालापानी र लिपुलेक छैन। कालापानीको ६२ वर्गकिलोमिटर क्षेत्रफल गायब भएको नक्सा भारतबाट बनाएर नेपालमा वितरण भइरहेका छन् । प्रकाशन गृहले भारतले बनाएका नक्सा प्रयोग गरिरहेका कारण पाठ्यपुस्तकमै गलत नक्सा परेका हुन् ।

पाठ्यक्रम विकास केन्द्रले तीन जनाले मूल्यांकनपछि विज्ञले समेत प्रमाणित गरेपछि मात्रै पाठ्यपुस्तक तयार गर्ने अनुमति प्रकाशन गृहलाई दिने गर्छ । तर, अधिकांश निजी विद्यालयमा प्रयोग भएका सामाजिक शिक्षामा गलत नक्सा प्रकाशित छ । तिनै नक्सा विद्यार्थीले बनाई पनि रहेका छन् ।

पाठ्यक्रम विकास केन्द्रबाट बुधबार मात्र सरुवा भएका सहसचिव कृष्णप्रसाद काप्रीले भने पाठ्यपुस्तकमा यस्तो गल्ती नहुनुपर्ने बताउँछन् । पाठ्यपुस्तकमा नक्सा गलत भएको भए अनुगमन गरिने उनको भनाई छ ।

यसरी नेपालको नक्सा कसले गलत बनाइरहेको छ र कसरी पाठ्यपुीतकमा छापियो ? अहिलेसम्म कसैले चासो देखाएका छैनन् । तर, जसले जन नियतले गलत नक्का छपाएको भए पनि यो नेपालको राष्ट्रियतामाथि धावा बोलिएको छ । यसरी गलत नक्का बनाएर पाठ्यपुस्तकमा प्रकाशन गर्नेलाई कारवाही नगर्ने हो भने भोली यसले नेपालप्रति वितृष्ण फैल्याउन सक्छ ।

प्रतिकृया दिनुहोस