विश्वविद्यालयहरु यसरी गर्छन् सम्बन्धनको व्यापार

University

काठमाडौ‌ । गुणस्तरीय शिक्षा दिन कमजोर भएको आरोप खेपेका नेपालका विश्वविद्यालयहरू सम्बन्धनको व्यापारमा भने तीव्र देखिएका छन् ।

देशकै सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय मात्रै होइन, भर्खर स्थापना भएका विश्वविद्यालयसमेत धमाधम नयाँ कलेज खोज्ने र नयाँ–नयाँ कार्यक्रम दिने व्यापारमा लागेका छन्।

निश्चित कुनै उद्देश्यका लागि खोलिएका विश्वविद्यालयले आफ्नो फ्याकल्टी नभएका विषयमा समेत स्वीकृति दिएका छन्।

आवेदन दिएका कलेजलाई विश्वविद्यालयले धमाधम सम्बन्धन तथा नयाँ कार्यक्रम दिन थालेपछि सरकारले रोकेको थियो । मन्त्रिपरिषद्बाट निर्णय गरेरै सरकारले सम्बन्धन अगाडि नबढाउन विश्वविद्यालयहरूलाई पत्र पठाएको हो।

तर, पछि विश्वविद्यालय अनुदान आयोगमार्फत कार्यक्रम थपको लागि खुला गरेपछि अधिकाशं विश्वविद्यालयले त्यसकै नाममा व्यापार सुरु गरेका छन् । आयोगका सदस्यसचिव प्राडा देवराज अधिकारीले कार्यक्रम थपका लागि विश्वविद्यालयले विज्ञापन गर्दा त्यही विषयमा मात्र गर्नुपर्ने बताए ।

स्नातकमा व्यवस्थापन सञ्चालन गरेको छ भने व्यवस्थापनको मात्र कार्यक्रम थप गर्न पाउने उनले बताए ।

देशलाई आवश्यक शैक्षिक जनशक्तिबारे अध्ययन गर्दै सरकारले समिति बनाएर देशमा कुन क्षेत्रमा कति शैक्षिक जनशक्ति आवश्यक छ भन्नेबारे अध्ययन गर्दैछ ।

शिक्षासचिव खगराज बरालले कति जनशक्ति आवश्यक भन्ने प्रक्षेपणका लागि शिक्षा मन्त्रालयले अध्ययन कमिटी प्रस्ताव गरेको बताए । तर, अर्थ मन्त्रालयले पहिले पनि केही काम भएको भन्दै जिज्ञासा राखेकाले त्यसबारेमा निर्णय भइनसकेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...