गंगटे खोलाले बगाउँदा विकको मृत्यु

Badi 2

पर्वत । पर्वतको गंगटेले खोलाले बगाउँदा मंगलबार साँझ एकजनाको मृत्यु भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा ६० वर्षीय मनिराम विकको मृत्यु भएको हो । कुस्मा नगरपालिका वडा नं ११ र १४ को बीचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा विकलाई खोलाले बगाएको हो ।

खेतमा काम सकेर घर फर्कँदै गर्दा खोला तर्न पसेका विकको शव १ सय मिटर तल भेटिएको स्थानीयवासीले बताएका छन् । खोलाले बगाएको स्थान नजिकै झोलुंगे पुल भए पनि उनी पुल नतरी खोलामा तर्न खोजेका कारण दुर्घटना भएको हो ।

मृतक विकको शव परीक्षणका लागि रातिनै जिल्ला अस्पताल पर्वतमा ल्याइएको छ ।

प्रतिकृया दिनुहोस