कस्ता छन् ६ दिने चीन भ्रमणमा ८ सम्झौता ?

Rail nepal china

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिबार चीनको ६ दिने औपचारिक भ्रमणमा जादैछन् ।

प्रम ओलीको चीन भ्रमणको क्रममा आठभन्दा बढि सम्झौतामा हस्ताक्षर हुने निश्चित भइसकेको छ । अत्यन्तै ढिलो गरी सार्वजनिक गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा ८ वटा सम्झौतामा हस्ताक्षर हुने निश्चित भएको हो ।

प्रधानमन्त्रीबाट भ्रमणका क्रममा चीनका उच्च राजनीतिक नेतृत्वसँग हुने राजनीतिक परामर्श र दुई देशका प्रधानमन्त्री नेतृत्वमा हुने भएकाले पनि भ्रमणले पारस्परिक सम्बन्धलाई नयाँ उचाइ दिने विश्वास गरिएको छ ।

प्रधानमन्त्री ओलीबाट दुई वर्षअघि भएको चीन भ्रमणका बेला गरिएका द्विपक्षीय सन्धि सम्झौताको कार्यान्वयनमा केन्द्रित हुने छ । यो भ्रमण नेपालको परिवर्तित राजनीतिक सामाजिक सन्दर्भमा समृद्धितर्फको यात्रालाई सफल बनाउन भौतिक पूर्वाधार निर्माणका केही परियोजनाहरुमा चिनियाँ सहयोग प्राप्त हुने प्रायः पक्का भएको छ ।

यस्तो छ सम्झौता हुने विषय
१. चीनको स्वशासित क्षेत्र (तिब्बत) का राजमार्ग खाद्यान्न ढुवानीका निम्ति आठ वटा सीमा नाका खोल्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
२. केरुङ–काठमाडौं रेल मार्ग निर्माण सम्बन्धी थप प्रक्रियामा हस्ताक्षर
३. नेपाल–चीनको परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना सम्बन्धी सहमति पत्रमा हस्ताक्षर
४. रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानीमा चिनियाँ सहयोगमा निर्माण हुने ‘नेपाल–चीन मैत्री पुल’ निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
५. नेपालको उत्पादन क्षमता अभिवृद्धि सम्बन्धमा नेपाल र चीनका अर्थ मन्त्रालयबीच सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर
६. ऊर्जा सहायता तथा सीमापार प्रसारण लाइन निर्माण सम्बन्धमा हस्ताक्षर
७. कृषि उत्पादन बृद्धि गर्ने ठोस परियोनजामा साझेदारी
८. सात वटै प्रदेशमा विपद् व्यवस्थापन तथा उद्धार केन्द्र निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर 

प्रतिकृया दिनुहोस