सोमबार सुटुक्क छुटे सुधिर बस्नेत, के होला डुबेको पैसा ?

Sudher basnet

काठमाडौं । सहकारीको १० अर्ब ठगी गरेको अभियोगमा जेल परेका सुधिर बस्नेत सोमबार सुटुक्क जेलमुक्त भएका छन् ।

ओरेन्टल सहकारी, कोहिनूर हिल (हाउजिङ) आयुसा बिल्डर्सलगायत आठ कम्पनी तथा संस्थाका सञ्चालक बस्नेत १३ पुस २०७३ मा पक्राउ परेका थिए ।

तर, उनी उनी सोमबार डिल्लीबजार सदरखोरबाट छुटेका छन् । सहकारीको निक्षेप ठगी अभियोगमा काठमाडौं र भक्तपुर जिल्ला अदालतले बस्नेतलाई विभिन्न मुद्दामा साँढे दुई वर्ष जेल सजाय तोकेको थियो ।

उनलाई ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले २ वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार जरिवाना तथा ठगीकै अर्को मुद्दामा ६ महिना कैद र ४ लाख ९४ हजार जरिवानाको फैसला सुनाएको थियो । अदालतको फैसला बमोजिम कैल भुक्तान गरेर बस्नेत सोमबासर सुटुक्क जेलमुक्त भएका हुन् ।

प्रतिकृया दिनुहोस