खेतियोग्य जमिनबाट रेलवे लाइन जोगाउने स्थानीयको प्रयास

Khetiyagya jamin

कपिलवस्तु । पूर्वपश्चिम रेलमार्ग निर्माण गरिदाँ खेतीयोग्य जमिन मासिने चिन्ता कपिलवस्तुका स्थानीयलाई थपिएको छ । त्यही भएर जिल्लाको खेतीयोग्य जमिन जोगाउन स्थानीय लागिपरेका छन् ।

नेपाल सरकारको रेल विभागले कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको चम्पापुर महेन्द्र राजमार्गको उत्तरदेखि शिवराज नगरपालिकाको धनगढवा, गिढौरा, मदवा, इमीलडिहवा, पुर्व रहटकोल, उत्तर रहटकोल, भलुही, बलुहवा, मझगाव, हुँदै पूर्वपश्चिम रेल मार्गको सर्वे गरेको थियो ।

यसरी सर्वे गरिदाँ कपिलवस्तुको खेतीयोग्य जमिन मासिने भएकाले स्थानीयले खेतीयोग्य जमिन बचाउन पहल थालेका थिए ।

कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधीसभा सदस्य अभिषेकप्रताप शाह, नेपाली काग्रेस कपिलवस्तुका युवा नेता अजय थापा सहितका टोलीले खेती योग्य जमिन बचाउन पहल थालेका छन् ।

उनीहरुकै पहलमा रेल विभागले खेतीयोग्य जमिन जोगाउन समहत पनि भएका छन् । जिल्लाको खेतीयोग्य जमिन जोगिने भएपछि स्थानीय जनता खुसी भएका छन् ।

रेल विभाग काठमाडौंका महानिर्देशक अनन्त आचार्यले खेतीयोग्य जमिन जोगाउन बन क्षेत्रबाट सर्वे गराउने प्रतिवद्धता जनाएको सांसद शाहले बताए ।

प्रतिकृया दिनुहोस