हेम्स बास्केटबलमा ५६ टिम

5

काठमाडौँ । हेम्स स्कुलको आयोजनामा हुने प्रथम हेम्स कप थ्री अन थ्री अन्तरविद्यालय बास्केटबल प्रतियोगतामा विभिन्न विद्यालयका ५६ टिम सहभागी हुने भएका छन् ।

सोमबार हेम्समै आयोजित पत्रकार सम्मेलनमा मंगलबारदेखि सुरु हुने प्रतियोगितामा सिनियर ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइजमा गरी जम्मा ५६ टिम सहभागी हुने हेम्सका एकेडेमिक डाइरेक्टर एसके गौतमले जानकारी गराए ।

सिनियर र जुनियर ब्वाइजमा समान २०–२० तथा सिनियर गल्र्समा १६ टिमले भाग लिने छन् । सहभागी टिमलाई विभिन्न ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

पत्रकार सम्मेलनमा एकेडेमिक डाइरेक्टर गौतमले अत्तिरिक्त कृयाकलापमा विद्यार्थीलाई आफ्नो क्षमता प्रदर्शन गर्न अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने हेम्सका भाइस प्रिन्सिपल सुजनबाबु भट्टले जानकारी दिए । तीनदिने प्रतियोगिताका खेलहरु रातोपुलस्थित आयोजक हेम्सकै कोर्टमा हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...