नेपाल ओमनसँग पराजित  

 

काठमाडौँ । एएफसी उन्नाइस वर्षमुनि यू १९च्याम्पियनसिपअन्तर्गत आज भएको समूहचरणको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।

कीर्गिस्तानको विस्केकमा भएको खेलमा नेपाल ओमानसँग ५–० गोलअन्तरले पराजित भएको हो । यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । ओमानले नेपाललाई खेलको पहिलो हाफमा तीन गोल प्रहार ग¥यो भने दोस्रो हाफमा २ गोल थप्यो ।

च्याम्पियनसिपमा ४ खेल खेलेको नेपालले सबै खेलमा हार बेहो¥यो । ४ खेलमा १२ गोल खाएको नेपालले एक गोल पनि फर्काउन सकेन ।

नेपाल पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा बहराइनसँग ४–० ले पराजित भयो । त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स युएईसँग १–० ले गोलअन्तरको हार ब्यहोर्न पुगेको थियो ।

प्रतिकृया दिनुहोस