ब्याडमिन्टन टोली पाकिस्तान प्रस्थान

Khel 19

काठमाडौं । पाकिस्तान इन्टरनेसनल सिरिज– २०१७ मा सहभागी हुन ७ खेलाडीसहित ११ सदस्यीय नेपाली ब्याडमिन्टन टोली आइतबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गरेको छ ।

प्रशिक्षकमा जयन्त श्रेष्ठ र टिम व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सदस्य सुनील श्रेष्ठ छन् । ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र महासचिव वीरेन्द्र श्रेष्ठ पनि टोलीसँगै पाकिस्तान गएका छन् । टोलीलाई ब्याडमिन्टन संघका उपाध्यक्ष एवं पूर्व ब्याडमिन्टन प्रमुख प्रशिक्षक उदयकुमार श्रेष्ठ, सचिव नवीनविक्रम शाह लगायतले बिदाइ गरे ।

नोभेम्बर ९ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा ४ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषमा रत्नजित तामाङ, दीपेश धामी, साजनकृष्ण ताम्राकार र विष्णु कट्वाल छन् । महिलामा नङशल तामाङ, सुनैना मुखियाँ र शोभा गौचनले प्रतिस्पर्धा गर्नेछन् ।

गत वर्ष भएको प्रतियोगितामा भाइ रत्न र दिदी नङशलको जोडीले मिक्स डबल्समा स्वर्ण जितेका थिए । नङशलले महिला सिंगल्समा पनि कांस्य जितेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...